अध्यागमन नयाँ महानिर्देशक ल्याउँदा दश सहसचिवको सरुवा

अध्यागमन विभागका नयाँ महानिर्देशक खटाउन १० सहसचिव सरूवा गर्दा दैलेखका प्रमुख जिल्ला अधिकारी झिकिएकाे तर यहाँ नयाँ प्रमुख जिल्ला अधिकारी अहिले कसैलाई खटाइएको छैन ।

अध्यागमन नयाँ महानिर्देशक ल्याउँदा दश सहसचिवको सरुवा

काठमाण्डौं – सुन प्रकरणमा मुछिएपछि गृह मन्त्रालयको अध्यागमन विभागका महानिर्देशकको जिम्मेवारीबाट हटाइएका झलकराम अधिकारीको ठाउँमा रुद्रसिंह तामाङलाई पठाएको छ । महानिर्देशकमा तामाङलाई सरुवा गर्दा मन्त्रालयले सोमबार १० जना सहसचिवको सरुवा गरेको छ ।  

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृतमा सहसचिव रामबन्धु सुवेदीलाई दाङको प्रमुख जिल्ला अधिकारीका रूपमा खटाएको छ । प्रमुख अध्यागमन अधिकृतमा दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाललाई सरुवा गरिएको छ । 

भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई गृह मन्त्रालयमा सरुवा गरी बाग्लुङकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठलाई भक्तपुरको प्रमुख जिल्ला अधिकारी बनाएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । 

मन्त्रालयका सहसचिव शिवराम गेलाललाई महोत्तरीको प्रमुख जिल्ला अधिकारीमा र महोत्तरीका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीलाई गृह मन्त्रालयमा तानिएको छ । त्यसैगरी रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई मन्त्रालयमा र मन्त्रालयका सहसचिव गणेश अर्याललाई रुपन्देहीको प्रमुख जिल्ला अधिकारी पदमा सरुवा गरेको छ । 

सुन प्रकरणमा मुछिएकाे भन्दै अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी तीन साता अघि हटाइएपछि रिक्त रहेको उक्त पदमा नयाँ महानिर्देशक खटाउँदा १० जना सहसचिव सरुवा गर्दा अरु सबै ठाउँमा नयाँ सहसचिव पठाइएकाे तर दैलेखबाट प्रमुख जिल्ला अधिकारी झिकिए पनि अहिले कसैलाई खटाइएको छैन । 

संघीय संरचनापछि २०७४ देखि नै २ भन्दा बढी संसदीय निर्वाचन क्षेत्र भएका जिल्लाहरूमा सहसचिव प्रमुख जिल्ला अधिकारी रहने गरी दरबन्दी व्यवस्था भए पनि २०७७ साल भदौमा सहसचिव सन्तबहादुर सुनारलाई खटाएकोमा छ महिनामा सरुवा भई जानुपछि अघिल्लो वर्ष असोजमा सहसचिव गोगनबहादुर हमाल दैलेखको प्रमुख जिल्ला अधिकारी आउनुभएको हो । 

प्रतिक्रिया