कर्णालीमै पहिलाे पटक चिया खेती

कर्णालीमै पहिलाे पटक चिया खेती फाइल तस्बिर

जाजरकोट –   शिवालय गाउँपालिकाले कर्णालीमै पहिलो पटक चिया खेती गर्ने भएको छ । गाउँपालिकाले चालू आर्थिक वर्ष २०८०/०८१ देखि चिया खेती सुरु गर्न लागेको हो । 

गाउँपालिकाका अध्यक्ष शेरबहादुर शाहीका अनुसार गाउँपालिकाको अर्थतन्त्रलाई सुधार गर्न चिया खेती सुरु गर्न लागिएको हो । सोका लागि नेपाल सरकारले चालू आवमा ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको उहाँले बताउनुभयो  । चिया खेतिका लागि पहिले नै योजना बनाएको थिए', 'उहाँले भन्नुभयो, प्रदेश सरकारसँग अनुरोध गरे भएन संघ सरकारलाई अनुरोध गर्दा पाँच लाख ५ लाख रुपैयाँ बजेट विनियोजन गरेपछि गाउँपालिकाले सुरुवात गरेको छ ।' 

चिया खेतीका लागि १७ सय १९ सय को हाइटमा उपउक्त हुने र हाम्रोमा १७ सयदेखि २२ २३ सय को हाइटमा सुरुवात गरेको बताउनुभयो ।

चिया खेतीका लागि सुरुवाती चरणमा ६ हजार प्लान्ट लगाइने उहाँले सुनाउनुभयो  । गाउँपालिका क्षेत्रमा ५ लाखओटा प्लान्टसम्म चिया खेती गर्ने योजना रहेको उहाँले बताउनुभयो  । उहाँका अनुसार चिया खेती अन्तर्गत नर्सरी निर्माण गर्नको लागि धनकुटा र झापाबाट आवश्यक विरुवा खरिद गरेर ल्याउने तयारी भइरहेको छ। 

कर्णाली प्रदेशमा पहिलो पटक चिया खेती गर्न लागेको बताउनुभयो  । बेरोजगारीले गर्दा पालिकाभित्रका युवा पलायन हुन थालेपछि रोजगारी सृजना गरी चिया खेतीमा आर्कषण बढाउन सक्ने उहाँको विश्वास छ । चिया खेतीसँगै कफि खेतीलाई पनि प्राथमिकता दिने उहाँको योजना छ । 

प्रतिक्रिया