बाल अधिकार बारे विद्यार्थीलाई अभिमुखीकरण

बाल अधिकार बारे विद्यार्थीलाई अभिमुखीकरण

दैलेख – राष्टिय बाल दिवसको अवसर पारेर दैलेख सदरमुकामको बेलासपुर विद्या मन्दिरका  विद्यार्थीलाई बाल अधिकार सवालमा अभिमुखीकरण गरिएको छ । ‘बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी’ नारा सहित यो भदौ २९ गते मनाइने राष्टिय बाल दिवसको अवसर पारेर उक्त दिवस आयोजना गरिएको सोसेक नेपालले जनाएको छ । 

बाल अधिकार र बालबालिकाको अवस्था विषयमा प्रकाश पार्दै बालबालिका माथि हुने हिंसा, असमानता, विभेदले बालबालिकाको मनोविज्ञानमा पर्ने असर, बालविवाह, बालश्रम शोषणले स्वास्थ्य, शिक्षा र व्यक्तित्व विकासमा पर्ने नकारात्मक प्रभाव विषयमा बाल हेल्पलाइन १०९८ का कार्यक्रम संयोजक रमा श्रेष्ठले सहजीकरण गर्नुभएको थियो । 

अभिमुखीकरणपछि बालबालिकाहरुसंग बाल अधिकार सवाल, राष्टिय बाल दिवस र हिंसा मुक्त समाजका विषयमा बालबालिकाहरुले राखेका जिज्ञासा विषयमा पनि छलफल र विषयबस्तु प्रष्ट्याइएको बाल हेल्पलाइन १०९८ का बाल संरक्षण अधिकृत प्रभाकुमार बिकले जानकारी दिनुभयो । 

त्यसबखत बेलासपुर विद्या मन्दिरका प्रिन्सिपल जङ्ग बोगटीले हिंसा, असमानता, विभेदको प्रतिवाद गर्न, शिक्षाका लागि तत्परता र बाल अधिकार प्राप्तीका विविध पक्ष विषय प्रकाश पार्नुभएको थियो । प्रिन्सिपल बोगटीले बाल अधिकार सवालमा अभिमुखीकरण गरिदिएकोमा सोसेक नेपाललाई धन्यवाद दिनुभएको थियो । 
 

प्रतिक्रिया