वडाध्यक्ष औषधी बोकेर जनताको घरघरमा
डोटी– दिपायल सिलगढी नगरपालिका–९ का वडाध्यक्ष हर्कबहादुर साउद अहिले मतदाताको घरघरमा पुग्नुहुन्छ । वडाध्यक्ष साउद घरघरमा जाँदा २ वटा फाइदा हुने वडाध्यक्ष साउद बताउनुहुन्छ । उनका अनुसर जनतासँग नजिक भएपछि सुझाव ल्याइन्छ भने पुगिसकेपछि उनीहरूको सामान्य स्वास्थ्य जाँच गरिन्छ ।
स्वासथ्य जाँच र सामान्य औषधि वितरणका लागि वडाध्यक्षले स्वासथ्यकर्मीलाई वडाध्यक्षले साथमै लैजाने गर्नुहुन्छ । वडाध्यक्ष साउद स्वास्थ्यकर्मीका साथ स्टेथोस्कोप र स्फिग्नोमेनोमिटरसहित जनताको घरघरमा पुगेर भेटघाटसँगै परामर्श तथा सुझाव लिने काम थाल्नुभएको हो ।
जनताका आवश्यकता र समस्या बुझ्ने र सोही अनुसार आगामी कार्यक्रम बनाउने उद्देश्यले ‘जनताको घर दैलोमा वडा अध्यक्ष’को सुरुवात गरिएको वडाध्यक्ष साउदले बताउनुभयो ।
ग्रामीण क्षेत्रमा अहिले पनि स्वास्थ्य उपचारमा निक्कै समस्या भएकोले जनताको घर दैलोमा गएर स्वास्थ्य जाँच कार्यक्रम जारी राखिएको वडाध्यक्ष साउदले बताउनुभयो । उहाँले भन्नुभयो ,‘हामीलाई जिताएर पठाउने जनताका दुःख सुखमा हामीले साथ दिनुपर्छ । यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछौँ ।’
जनताको स्वास्थ्य समस्या तथा नागरिकका आधारभूत आवश्यकता लगायत समग्र वडाको समस्या बुझी प्राथमिकताका आधारमा विकास निर्माणको गति दिने समेत अध्यक्ष साउदले बताउनुभयो । साथै जनताको घरदैलो अभियानलाई नगरभित्र प्याकेजका रूपमा निरन्तर सञ्चालन गर्ने उहाँको भनाई छ ।
घर दैलो स्वास्थ्य जाँचमा तथा परामर्शमा कनेला स्वास्थ्य चौकीमा कार्यरत अमनी हरिमाया खड्कालगायतका स्वास्थकर्मीको महत्त्वपूर्ण भूमिका रहेको वडाध्यक्ष साउनको भनाइ छ । वडा नम्बर ९ मा करिब आठसय घरपरिवार छन् ।
प्रतिक्रिया