वक्तृत्वकला प्रतियोगिता र बाल अधिकार अभिमुखीकरण

वक्तृत्वकला प्रतियोगिता र बाल अधिकार अभिमुखीकरण

दैलेख – बालबालिकामा लगानी,सनिश्चित भविष्यको थालनी भन्ने नारा सहित सेभ द चिल्ड्रेन र सोसेक नेपाल साझेदारीमा सञ्चालित सहयात्रा परियोजनाले गुराँस गाउँपालिकामा आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा बिजेताहरुलाई गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बीसी, उपाध्यक्ष शिवा खड्काले पुरस्कार बितरण गर्नुभयो । प्रतियोगितामा २१ जना बालबालिका सहभागी हुनुहुन्थ्याे । 

प्रतियोगितामा प्रथम लक्ष्मी मावि रतिखोलाकी छात्र पुजा केसी, द्वितीय कष्ण मावि सानाकाँडाकी बिष्णुकुमारी बिक, तृतीय शान्ति माबिकी सम्झना बीसी र सान्त्वना पुरस्कार शान्ति माविकै अर्का प्रतिस्पर्धी सन्तोस बीसीले पाउनुभएको थियो । 

त्यस्तै नारायण नगरपालिका स्तरको राष्टिय बाल दिवस कार्यक्रम रैनादेवी मावि टाटामाखुमा विविध साँस्कृतिक कार्यक्रम सहित बाल अधिकार सवालमा अभिमुखीकरया कार्यक्रम गरिएको छ । कार्यक्रममा नारायण नगरपालिका–११ का वडाध्यक्ष दीर्घबहादुर मल्लले बालबालिकाको हितमा बजेट कमी भएको टिप्पणी गर्नुभएको छ । 

कार्यक्रममा पत्रकार अमर सुनारले बाल अधिकार सवाल, सोसेक नेपालको बाल हेल्पलाइनकी संयोजक रमा श्रेष्ठले बाल हेल्पलाइन र जोखिममा परेका बालबालिकाको संरक्षण विषय, सेतो गुराँस बालविकास सेवाका कार्यकारी निर्देशक राधा मल्लले बालबालिकाको प्रारम्भिक विकास सिकाई तथा पोषणको विषय र प्रहरी सहायक निरीक्षक हरिकृष्ण जोशीले लागू औषध दुव्र्यसनी रोकथामको सवालमा सहजीकरण गर्नुभएको थियो । 

त्यसबखत अनौपचारिक क्षेत्र सेवा केन्द्र दैलेखका किशोरी आत्मरक्षा अभियानका सहजकर्ताहरु कृष्णकला थापा र भद्रा बस्नेतले यौनजन्य दुव्र्यवहारको पहिचान र बलात्कारजन्य घटनाबाट जोगिने तरिका विषयमा अभिमुखीकरण तथा नमूना अभ्यास प्रस्तूत गर्नुभएको थियो । 

किशोरी आत्मरक्षा अभियानका सहजकर्ताहरु कृष्णकला थापा र भद्रा बस्नेतले सरस्वती मावि झुप्रेसालमा किशोरीहरुका लागि आत्मरक्षा सीप बारे अभिमुखीकरण गरिएको थियो । अभिमुखीकरणपछि कार्यक्रममा सहभागी छात्राहरुले पनि नमूना अभ्यास गरेका थिए । 

प्रतिक्रिया