धार्चेका तीन सय परिवार पहिरोको उच्च जोखिममा

धार्चेका तीन सय परिवार पहिरोको उच्च जोखिममा

गोरखा –  धार्चे गाउँपालिकाले पहिरो जोखिम न्यूनीकरणको लागि विभिन्न पहल गर्दै आएको छ । गाउँपालिकाका केही क्षेत्र पहिरोको उच्च जोखिममा परेपछि पालिकाले पहल गर्दै आएको हो । 

गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङका अनुसार पालिकाभित्र ७ स्थानका करिब ३०० परिवार पहिरोको उच्च जोखिममा परेको छ । पहिरो नियन्त्रणको लागि गाउँपालिकाले संघ तथा प्रदेश सरकारसँग आवश्यक पत्राचार गर्दै आएको उहाँले बताउनुभयो  । 

उनका अनुसार पहिरो न्यूनीकरण गर्नको लागि भूगर्भविद्सहितको टोली निरिक्षणको लागि असोजमा आउने छन् । सडक बिग्रिएकोले तत्कालै निरिक्षण हुन नसकेको उहाँले बताउनुभयो  । 

उहाँका अनुसार गाउँपालिकामा पहिरोको कारणले ३२ परिवार विस्थापित भइसकेका छन् । उनीहरुका लागि गाउँपालिकाले राहत वितरण गरेको उहाँले बताउनुभयो । स्थानीय सरकारले मात्रै पहिरोका नियन्त्रण गर्न नसक्ने भएकोले सरोकारवाला निकायसँग सहयोगको लागि माग गर्दै आएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया