ठाटीकाँधमा तिजगीत प्रतियोगिता सम्पन्न

ठाटीकाँधमा तिजगीत प्रतियोगिता सम्पन्न

ठाटीकाँध–  दैलेखको ठाटीकाँध गाउँपालिका वडा नम्बर ३ मा महिला अधिकार र प्रजनन् स्वास्थ्य सम्बन्धि तिजगीत प्रतियोगिता सम्पन्न भएको छ ।

एइ आई एन लक्जेम्बर्गको आर्थिक सहयोग ठाटीकाँध गाउँपालिकाको समन्वय सोसेक नेपालद्धारा ठाटीकाँधमा संचालित सहकार्य परियोजनाको आयोजनामा भवानी माध्यामिक विद्यालय बिशालामा सम्पन्न भएको हो । उक्त तिज गीत प्रतियोगितामा ९ वटा समुह सहभागि थिय।

प्रतियोगितामा प्रथम साझा फुलबारी आमा समूह, द्धितीय तीनचुली आमा समूह, तृतीय भवानी बाल क्लब र सन्त्वना हजारी आमा समुह भएका थिए ।

 प्रतियोगिता ठाटीकाँध गाउँपालिका वडा नम्बर ३ का कार्यबहाक वडा अध्यक्ष पबित्रा गौतमको अध्यक्षतामा कार्यक्रम गरिएको सहकार्य परियोजना ठाटीकाँधका संयोजक जीवराज रेग्मीले बताउनुभयो ।

उहाँका अनुसार प्रतियोगितामा सहभागि भएका नौ वटै टीमहरुलाई पुरस्कृत गरेको बताउनुभयो । भौगोलिक रुपमा टाढा टाढा बाट आएको र उहाँहरुको मनोबल बढाउनका निम्ति पनि सबैलाई पुरस्कृत गरेको उहाँले बताउनुभयो । प्रतियोगितामा सबै समुहले स्थान नल्याए पनि खुशी भएको रेग्मीले बताउनुभयो । 

प्रतिक्रिया