परम्परागत तथा धार्मिक सम्पदाको संरक्षण गर्ने

परम्परागत तथा धार्मिक सम्पदाको संरक्षण गर्ने

मुस्ताङ –  लो-घेकर दामोदरकुण्ड गाउँपालिकाले परम्परागत तथा धार्मिक सम्पदाको संरक्षण गर्ने भएको छ । गाउँपालिकाले पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नका लागि पालिकाभित्र रहेको सम्पदाहरुको संरक्षण गर्न लागेको हो । 

गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्पेल बिष्टका अनुसार चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ । उहाँले पालिकाभित्र पैदल तथा सवारी साधनको प्रयोग गरी पर्यटन आउने बताउनुभयो  । 

पैदलयात्रीको लागि ट्रयाक र सवारी साधनको लागि सडक मर्मत तथा निर्माण गर्ने बताउनुभयो  । पर्यटकको सुरक्षित यात्राका लागि ठाउँ ठाउँमा स्थानबारे साइनबोर्डको राखिने उहाँले बताउनुभयो  । 

उनका अनुसार गाउँपालिकाले होटेल व्यवसायी तथा कुक म्यानको लागि विभिन्न तालिम सञ्चालन गर्ने योजना लिएको छ । पर्यटकको स्वागतको लागि पनि तालिम सञ्चालन गर्ने उहाँले जानकारी दिनुभयो  । 

प्रतिक्रिया