ठाँटीकाँधमा सर्पले टोकेर किशोरीको मृत्यू

ठाँटीकाँधमा सर्पले टोकेर किशोरीको मृत्यू

दैलेख–   दैलेखको ठाँटीकाँध गाउँपालिकामा सर्पले टोकेर किशोरीको मृत्यू भएको छ ।  पश्चिम दैलेखको ठाँटीकाँध गाउँपालिकामा –१ नुवावनकी १७ वर्षीय कल्पना शाही रहेकी जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक दिपकसिंह बिष्टले जानकारी दिनुभयो ।

आइतबार बेलुका घरमा सुतिरहेको बेला सर्पले टोकेकोमा तत्काल गाउँका धामी कहाँ लिएर झारफुक समय खर्चेर ढिला गरी अस्पताल लिन लैजाँदा गर्दा बाटाेमै मृत्यु भएको बताइएकाे छ । 

किशोरीका बुबा धर्मराज रोजगारीका लागि भारतमा र उहाँका दाजु निराजन शाही अध्ययनको सिलसिलामा काठमाण्डौमा हुनुहुन्छ । आमाका साथ घरमा बस्दै आउनु भएकी किशाेरी ओमकोट मावि चामुण्डामा कक्षा ९ मा पढ्दै हुनुहुन्थ्याे ।

प्रतिक्रिया