पहिलोपटक दैलेखमा मनाइयो ११औँ राष्ट्रिय विज्ञान दिवस

पहिलोपटक दैलेखमा मनाइयो ११औँ राष्ट्रिय विज्ञान दिवस

ठाटीकाँध –  विज्ञान साक्षरता र उद्यमशिलता सबल अर्थतन्त्रको आधारशीला भन्ने नाराका साथ दैलेखको ठाटीकाँध गााउँपालिकामा ११औँ राष्ट्रिय विज्ञान दिवस मनाइएको छ । ११औँ राष्ट्रिय विज्ञान दिवसको अवसरमा आधाुभूत तह स्तरीय म्याग्रिड प्रतियोगिता संचालन भएको छ । सोसेक नेपालको आयोजना र नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सह आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो ।

दैलेखमै पहिलोपटक औपचारिक रुपमा ११औँ राष्ट्रिय विज्ञान दिवस मनाइएको सोसेक नेपालद्धारा ठाटीकाँधमा संचालित सहकार्य परियोजना संयोजक जीवराज रेग्मीले बताउनुभयो ।  राष्ट्रिय विज्ञान दिवसको अवसरमा गरिएको प्रतियोगितामा छात्र तर्फ मालिका माध्यामिक विद्यालयका मिसन कुमार रोकाया प्रथम स्थान हासिल गर्नुभएको छ । त्यस्तै जन आधारभूत विद्यालय थापाटोलका लक्ष्मण थापा द्धितीय, जन आधारभूत विद्यालयका कुशल शाही तृतीय, र मालिका माध्यामिक विद्यालयका मिसन शाही सान्त्वना भएको संयोजक रेग्मीले बताउनुभयो ।

रेग्मीका अनुसार छात्रा तर्फ मालिका माध्यामिक विद्यालयका पाँचलाका बिन्दु शाही प्रथम, मालिका माध्यामिक पाँचलाका मनिशा शाही द्धितीय स्थान हासिल गनुभएको छ । त्यस्तै जन आधारभूत विद्यालय थापा टोलका हिमानी बडुवाल तृतीय र जन आधाभूत विद्यालय थापाटोलका पुष्पा बुढा सान्त्वना स्थान हासिल गर्नुभएको थियो । 

 कार्यक्रममा सोसेक नेपालका कार्यकारी निर्देशक हीरासिंह थापा, ठाटीकाँध गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नेम बहादुर खत्रीको सहभागिता रहेको थियो  ।

प्रतिक्रिया