चट्टयाङ्ग लागेर बालक मृत्यू, नौ जना घाइते

शुक्रवार साँझ छिमेकी गाउँ महाबु गाउँपालिका–१ खरिगैरामा १६ जना घाइते भएका मध्ये ४२ वर्षीया भूमिसरा खत्रीको मृत्यू भएको थियो ।

चट्टयाङ्ग लागेर बालक मृत्यू, नौ जना घाइते
सुन्नुहोस्

दैलेख – चट्टयाङ्गले एक जना बालकको मृत्यू भएको छ । महाबु गाउँपालिका–३ बाँसीका १६ वर्षीय किशोर दाहालको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक दिपकसिंह बिष्टले जानकारी दिनुभयो । 

गाउँकै थुम्को महावैथान तीजको मेलाबाट फर्किने क्रममा एक्लोसल्लो नजिक परेको चट्टयाङ्ग लागेर ती बालक लगायत एकै गाउँका १० जना घाइते भएकामा उपचारका लागि दैलेख अस्पतालमा पु¥याए लगतै चिकित्सकले मृत घोषणा गरेको बताइएको छ । 

प्राथमिक उपचारपछि गम्भीर घाइते ५२ वर्षीय लालबहादुर बिष्टलाई कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाइएको र आठ जनाको दैलेख अस्पतालमा उपचार चलिरहेको दैलेख अस्पतालका इञ्चार्ज डा. धर्मराज रेग्मीले बताउनुभयो । 

२९ वर्षीय नगेन्द्रकुमार बिष्ट, १२ वर्षीय आशिष बिष्ट, १३ वर्षीय सन्दीप बुढा, १७ वर्षीय भरत नेपाली, १६ वर्षका हर्कबहादुर नेपाली, ९ वर्षीया रक्षा बिष्ट, १३ वर्षीय अभिशेक नेपाली र १० वर्षीया मनिषा बिष्टको उपचार दैलेख अस्पतालमै चलिरहेको छ । 

शुक्रवार साँझ छिमेकी गाउँ महाबु गाउँपालिका–१ खरिगैरामा चट्टयाङ्गले आआफ्नै घरका बसिरहेका १६ जना घाइते भएको मध्ये खरिगैराकी ४२ वर्षीया भूमिसरा खत्रीको मृत्यू भएको थियो । शुक्रवार राति पुनः अर्को छिमेकी गाउँ महाबु गाउँपालिका–४ रानीवनमा परेको चट्टयाङ्गले १४ वर्षीया जानकी जैसी घाइते भएकीमा उपचारको लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पु¥याइएको थियो । 

शुक्रबार नै दैलेखको डुंगेश्वर गाउँपालिका–६ लटाली गाउँमा चट्टयाङ्गले गम्भीर घाइते भएकी २६ वर्षीया रेखा बुढालाई कर्णाली प्रदेश अस्पतालमा पु¥याइएकोमा उहाँको उपचार चलिरहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक दिपकसिंह बिष्टले जानकारी दिनुभयो । 
 

प्रतिक्रिया