आन्दोलन स्थगित गर्न नेपाल शिक्षक महासङ्घसंग मन्त्रालयको आग्रह

आन्दोलन स्थगित गर्न नेपाल शिक्षक महासङ्घसंग मन्त्रालयको आग्रह

काठमाण्डौ – शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय बन्द र आन्दोलनका कार्यक्रम स्थगित गरेर वार्तामा आउन नेपाल शिक्षक महासङ्घलाई आग्रह गरेको छ । 

मन्त्रालयका सहसचिव भगवान् अर्यालले सोमवार विज्ञप्ति निकालेर मङ्गलवार दिउँसो ३ बजे मन्त्रालयमा हुने वार्तामा आउन आग्रह गर्नुभएको छ । विद्यालय शिक्षा ऐन २०८० विधेयकमा बारे नेपाल शिक्षक महासङ्घसँग छलफल भएको र विद्यालय शिक्षक तथा कर्मचारीको पेसागत हकहितसँग सम्बन्धित सुझावहरूलाई यथाशक्य विधेयकमा समावेश गरिएको विज्ञप्तिमा उल्लेख छ ।

यही विधेयकलाई लिएर महासङ्घले बुधवारदेखि विद्यालय बन्द र आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । विधेयक शिक्षकहरूको हकहित विपरित भएको भन्दै महासङ्घले आन्दोलनको घोषणा गरेको छ । महासङ्घ वार्तामा न्यायोचित माग समावेश गरिने बताइएको छ । यता स्थानीय तहहरुले विद्यालय बन्द गरी आन्दोलन गरे शिक्षकहरुलाई कारवाही गर्ने चेतावनी दिएका छन् । 

प्रतिक्रिया