विद्यालय खुलाएरै रचनात्मक आन्दोलन गर्न आग्रह

विद्यालय खुलाएरै रचनात्मक आन्दोलन गर्न आग्रह

विद्यालय बन्द गराएर आन्दोलन गर्नु शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघका लागि अशोभनीय नहुने शैक्षिक विकास सरोकारमा काम गरिरहेको सोसेक नेपालले टिप्पणी गरेको छ । शिक्षकहरुका मागहरु विषयमा लचिलो नेपाल सरकारको ध्यानाकर्षण गराउदै आन्दोलनरत पक्ष नेपाल शिक्षक महासंघलाई बिरोधका अरु स्वरुप बदल्न संस्थाले विज्ञप्ती मार्फत आग्रह गरेको छ ।   

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय बन्द र आन्दोलनका कार्यक्रम स्थगित गरेर मंगलबार वार्तामा आउन नेपाल शिक्षक महासंघलाई आग्रह गरेको तर आन्दोलनरत पक्षले वार्तामा बस्न नचाहेको जानकारीमा आएको उल्लेख गर्दै शिक्षकहरुको छाता संगठनले बिद्यालय बन्द गराउनु ‘विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा कार्यान्वयन निर्देशिका २०६८’को मर्म विपरित हुने सोसेक नेपालका कार्यकारी निर्देशक हीरासिंह थापाले विज्ञप्तीमा भन्नुभएको छ । 

विद्यालयहरु बन्द गराउन कसैबाट हस्तक्षेप नहोस् जस्तै जोखिमको बेला पनि विद्यालय बिना अवरोध सञ्चालन हुन थालेको बेला ‘विद्यालय शान्ति क्षेत्र’ मर्म विपरित भएकोले शैक्षिक संगठन नेपाल शिक्षक महासंघले विद्यालयहरु बन्द घोषणा फिर्ता लिई बालबालिकाको शिक्षा प्राप्तीको हकलाई ख्याल राखी यथासिघ्र विद्यालयहरु सञ्चालन गराउन सोसेक नेपालले आग्रह गरेको छ ।  

यसैगरी नेपाल सरकारले संसद दर्ता गरेको ‘विद्यालय शिक्षा ऐन २०८०’ विधेयकमा प्रस्तावित विषयहरुमा असहमती जनाएर गरिएको बिद्यालय बन्दको घोषणा फिर्ता लिई शैक्षिक संस्थाहरुमा पठनपाठन नियमित गराउन र शिक्षकहरुका जायज मागमा सम्वेदशील हुने कर्णाली प्रदेशको राजधानी सुर्खेतमा नागरिक समाज संस्थाहरुले सरोकारवालाहरुको ध्यानार्षण गराएका छन् । 

मानव अधिकार रक्षक सञ्जाल, नेपाल पत्रकार महासंघ, इन्सेक, बाल अधिकारका लागि साझा अभियान, बार एशोसिशन, गैसस महासंघ, राष्ट्रिय अपाङ्ग महासंघ, शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल, मानव अधिकारका लागि एकल महिला समूह, बालविवाह बिरुद्धको साझा अभियान, आवाज, स्याल नेपाल र अपाङ्ग सशक्तिकरण केन्द्रले प्रेस विज्ञप्ती जारी गर्दै विद्यालय बन्दको बिरोध गरेका हुन् । 

नेपाल शिक्षक महासंघले शिक्षकहरुको पेशागत सुरक्षा, तलव तथा ग्रेड सुविधा, शिक्षक सरुवा, बढुवा, पद समायोजन लगायत नीति र प्रक्रियाको सुधारको माग राखेको तर सरकारले बेवास्ता गरेको भन्दै बुधबारदेखि देशभर नै विद्यालयहरु बन्द गरी सरकार बिरुद्ध काठमाण्डौं केन्द्रित बिरोध प्रदर्शनको कार्यक्रम तय गरेको छ । प्रास्तावित ऐनमा राजनीतिक भातृसंगठनमा शिक्षकहरुलाई आवद्ध हुन नपाइने भनिएको बेला पेशागत छाता संगठन नेपाल शिक्षक महासंघले विद्यालयहरु बन्दको घोषणा गरेको हो । 


 

प्रतिक्रिया