दैलेखका रत्ना र सुभाष उत्कृष्ट शिक्षक पुरस्कारका लागि घोषणा

पुरस्कार अन्तरगत सामुदायिक विद्यालयत तर्फ नेपालभरमा उत्कृष्ट विद्याललयहरुमा सिन्धुलीको दुधौली नगरपालिका–११ को कमला मावि प्रथम भइ तीन लाख पाउने भएकाे छ ।

दैलेखका रत्ना र सुभाष उत्कृष्ट शिक्षक पुरस्कारका लागि घोषणा

नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका उत्कृष्ट विश्व विद्यालय, क्याम्पस, प्राविधिक शिक्षालय, शैक्षिक संस्थान र शिक्षक कर्मचारीलाई पुरस्कारको घोषणा गरेको छ । हरेक जिल्लामा एक–एक जना सरकारी विद्यालयका लगनशील उत्कृष्ट शिक्षक पुरस्कृत गरिएकामा दैलेखकी रत्नाकुमारी रावल पर्र्र्नुभएको छ । 

पुरस्कृत रावल भगवतीमाई गाउँपालिका–६ को कट्टीस्थित जनता प्रावि चिपिनतडामा प्रावि तहका प्रधानाध्यापक पद हुनुहुन्छ । यस्तै प्राइवेट स्कूलका उत्कृष्ट शिक्षकमा फूलबारी विद्या मन्दिरका प्रिन्सिपल सुभाषकुमार थापा पुरस्कृत हुनुभएको छ ।   

‘समावेशी र सीपमूलक शिक्षा : स्वदेशमै युवा राष्ट्रको इच्छा’ भन्ने नाराका साथ मंगलबार राष्ट्रिय शिक्षा दिवस २०८० मनाइएको राष्ट्रिय शिक्षा दिवसको अवसरमा मन्त्रालयले यो पुरस्कार घोषणा गरेको हो । कुनै विशेष अवसरमा सरकारले उत्कृष्ट शिक्षण संस्था र कर्मचारीहरूलाई पुरस्कृत गर्ने जनाइएको छ । 

पुरस्कार अन्तरगत सामुदायिक विद्यालयत तर्फ नेपालभरमा उत्कृष्ट विद्याललयहरुमा सिन्धुलीको दुधौली नगरपालिका–११ को कमला मावि प्रथम, सिन्धुलीकै सिन्धुलीको कमलामाई नगरपालिका–४ को कमला मावि दोश्रो र सल्यानको कुमाख गाउँपालिका–२ को नारायण मावि तेस्रो भएको छ ।

त्यस्तै निजी लगानीका बोर्डिङ्ग स्कूल तर्फ ललितपुरको प्रसादी एकेडेमी प्रथम, काठमाडौंको सेन्ट जेभियर्स कलेज दोश्रो र काठमाण्डौंकै बूढानीलकण्ठ स्कूल तेश्रो पुरस्कार पाएको छ । सरकारी र निजी विद्यालयमा प्रथम हुनेलाई तीन लाख, दोश्रो  दुई लाख रुपैयाँ र तेस्रो स्थान लिनेलाई एक लाख रुपैयाँ सहित शिल्ड र ध्वजा दिइने बताइएको छ ।

यसबीचमा स्वदेश र विदेशका विश्वविद्यालयबाट विभिन्न विषयमा विद्यावारिधि उपाधिप्राप्त सात सय ९० जनालाई ‘क’, स्नातकोत्तर तहमा आफ्नो विधामा सर्वाेत्कृष्ट हुने ७१ लाई ‘ख’ र स्नातक तहमा सर्वोत्कृष्ट हुने ४४ जनालाई ‘ग’ श्रेणीको पदक दिइनेछ ।

पुरस्कार र पदक पछि वितरण हुने भए पनि विभूषित हुनेहरूको नामावली शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय शिक्षा दिवसको अवसरमा घोषणा गरेको हो । यो पटकदेखि नेपाल प्रविधि विद्याभूषण र समाज कल्याण शिक्षा पुरस्कार थप गरिएको छ । 
 

कर्णालीका सरकारी विद्यालयका उत्कृष्ट शिक्षक 


 

निजी विद्यालयका उत्कृष्ट शिक्षक  सूचीमा दैलेख  समेत

प्रतिक्रिया