सामाजिक एकता कायम गर्दै राष्ट्र निर्माणमा एकजुट हौँ : सांसद राना

काठमाडौँ – संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा प्रतिनिधि सभा सांसद सिता कुमारी रानाले सबै नेपालीमा बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।
संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले न्याय शान्ती, समानता विकास समाजवादी समावेशी लोकतन्त्र र संघिय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुनिश्चितका लागि आजको दिन निकै महत्वपुर्ण रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, "नेपाल बहु जाती, बहुभाषा, बहुभेष, बहु साँस्कृतिक बहु धार्मिक विविधताले भरिपुर्ण हाम्रो देशको सामाजिक एकता, आपसी सद्भाव सहिष्णुतामा आधारित छ । यस्ता विविधतालाई जोगाएर सामाजिक एकता कायम गर्दै राष्ट्र निर्माणमा एकजुट हुन अपरिहार्य छ ।"
प्रतिक्रिया