संधिवानको उपलब्धी व्याख्या नहुँदा आलोचना बढ्यो
दैलेख – कर्णाली प्रदेशसभाका साँसद पूर्णबहादुर खत्रीले संविधान राम्रो छ तर कार्यान्वयन गर्नेहरुका कमजोरीका कारण आलोचना भइरहेको बताउनुभएको छ । ८ औं संविधान दिवसका अवसरमा सदरमुकाममा आयोजित कार्यक्रममा जनप्रतिनिधि र कर्मचारीहरुले संविधानको उपलब्धीको व्याख्या नगर्ने र जनताप्रति निरासा छाएको टिप्पणी गर्नुभयो ।
त्यसबखत पूर्वसाँसद रबिन्द्रराज शर्माले नेपालको संविधान जनयुद्ध र २०६३/०६३ जनआन्दोलन लगायतको विभिन्न राजनीतिक आन्दोलनहरुको मुख्य उपलब्धी भएको बताउनुभयो । उहाँले संविधानले दिएको अधिकारहरुको संरक्षण र सम्वद्र्धन गर्न सबै क्षेत्रको सहयोग आवश्यकता औल्याउनुभयो ।
नारायण नगरापालिकाका मेयर लोमन शर्माको अध्यक्षतामा भएको कार्यक्रममा नारायण नगरपालिकाका उपमेयर तप्ताकुमारी थापा, नेपाल पत्रकार महासंघका केन्द्री सदस्य नबिन रिजाल, नेपाली काग्रेसका जिल्ला सभापति मणिराम रेग्मीले पनि बोल्नुभएको थियो । त्यस अघि संविधान दिवसको महत्व सचेतना निम्ति प्रभातफेरि गरिएको थियो ।
प्रतिक्रिया