शिक्षा विधेयक सच्याउँछौं : महामन्त्री थापा

शिक्षा विधेयक सच्याउँछौं : महामन्त्री थापा

काठमाडौं –   नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आन्दोलनरत शिक्षकहरूलाई विद्यालय बन्द नगर्न आग्रह गर्नुभएको छ  । विद्यालय शिक्षासम्बन्धी विधेयकमा अनेकन् कमजोरीहरू भएकाले आफूहरूले संसदबाट सुधार्ने प्रतिबद्धता जनाउनुभएको हो । 

उहाँले भन्नुभएको छ, ‘संसदमा दर्ता भइसकेपछि अब यो विधायिकाको कर्तव्य र जिम्मेवारी हो । हामी सबैसँग घनिभूत छलफल र संवाद गर्नेछौं । आन्दोलनरत शिक्षक, स्थानीय सरकारलगायत सरोकारवाला र चिन्तित अभिभावक एवं विद्यार्थी सबैका जायज माग र चिन्ताको संवोधन गर्ने कुरामा प्रतिबद्ध छौं ।’

सांसदको भूमिका एवं विवेकमाथि विश्वास गरेर रचनात्मक ढङ्गले समाधानको खोजीका लागि मद्दत गर्न र विद्यालय बन्द गर्ने अप्रिय बाटो अवलम्बन नगरी आन्दोलनको स्वरूप परिवर्तन गर्न शिक्षक महासंघ लगायत सबै पक्षमा आग्रह गरेका छन् ।

प्रतिक्रिया