विद्यार्थीका लागि खेलकूद अझैं उत्तम : मेयर शर्मा

विद्यार्थीका लागि खेलकूद अझैं उत्तम : मेयर शर्मा

दैलेख – नारायण नगरपालिकाका मेयर लोमन शर्माले विद्यार्थीहरुको लागि खेलकूद शारीरिक स्फूर्ति र मानसिक स्वास्थ्यका लागि समेत उत्तम हुने बताउनुभएको छ । नारायण क्याम्पसको २६ औं वार्षिकोत्सवको अवसरमा बिहीबारदेखि दैलेख सदरमुकाममा आयोजना गरेको सप्ताह व्यापी खेलकूद प्रतिगिताको उद्घाटन गर्दै उहाँले खेलकूको विकासका लागि नारायण नगरपालिका सधैं सहयोगी रहने बताउनुभयो । 

नारायण क्याम्पसका क्याम्पस प्रमुख नरबहादुर शाहीको अध्यक्षमा भएको प्रतियोगिता उद्घाटन कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी गणेश कोइराला, खेलकूद विकास समितिका अध्यक्ष गोपाल बीसी, नेपाल पत्रकार महासंघका अध्यक्ष यज्ञराज थापाले खेलकूदको महत्व बारे प्रकाश पार्र्नुभएको थियो । 

असोज ९ गतेसम्म चल्ने चल्ने सप्ताह व्यापी खेलकूद प्रतिगिता नारायण क्याम्पसकै भलिबल, फुटबल, व्याटमिण्टन, चेस, दौड, बादविवाद, हाजिरी जवाफ, म्यूजिकल चियर प्रतियोगिता नारायण क्याम्पसकै विद्यार्थीहरुबीच खेलाइने छ । असोज ९ गते मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. उपस्थितिमा विजेताहरुलाई पुरस्कार दिइने बताइएको छ ।

२०५४ असोज १३ देखि त्रिभुवन मावि दैलेखबजारको भवनमा सुरु भएको नारायण क्याम्पस अहिले आफ्नै संरचनाहरु निर्माण गरेर दैलेख सदरमुकामको रामपुरमा सञ्चालनमा छ । सुरुमा त्रिभुवन विश्वविद्यालयबाट स्वीकृती लिई सञ्चालन आएकोमा २०७५ भदौ ११ देखि चाहिँ मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पसको रुपमा सञ्लालनमा आएको छ । स्नातक र स्नाकोत्तरका शिक्षा, मानविकी र व्यवस्थापनमा संकायमा अध्यापन पाँच सय दुई जना विद्यार्थी अध्ययनरत छन् । 
 

प्रतिक्रिया