गैससले चेतना अभिवृद्धिमा उल्लेख्य काम गरेका छन् : उपप्रमुख शाही
जिल्ला समन्वय समिति दैलेखका उपप्रमुख केशवबहादुर शाहीले गैरसरकारी संस्थाहरुले सामाजिक चेतना अभिवृद्धिसंगै सरकारका संयन्त्रहरुलाई पारदर्शी र जवाफदेही बन्न प्रभावकारी काम गरेको बताउनुभएको छ ।
एभरेष्ट क्लव दैलेखको ३० वार्षिकोत्सव तथा साधारणसभा कायक्रममा उहाँले सशस्त्र युद्धकालमा गैससहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । सामाजिक सचेतना बाहेक भाैतिक निर्माणकाे क्षेत्रमा क्रियाकलाप बढाउन शाही अाग्रह गर्नुभयाे ।
संस्थाका अध्यक्ष लक्ष्मण श्रेष्ठ राजुको अध्यतामा भएको कार्यक्रममा नारायण नगरपालिकाका मेयर लोमन शर्मा, निमत्त प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइराला, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष यज्ञराज थापाले पनि बोल्नुभएको थियो ।
प्रतिक्रिया