दुई दिनमा पैतालिस जनाको मोतिया बिन्दू अप्रेसन
मित्र समाज काठमाण्डौंले सञ्चालन गरेको ४ दिने निशुल्क आँखा उपचार शिविर दैलेख अस्पतालमा हिजोदेखि सुरु भएको छ । आँखा जाँच, उपचार तथा परामर्श र निशुल्क आँखा अप्रेसनको काममा नेत्र बिशेषज्ञ डा. पवन महत नेतृत्वको प्राविधिक टोलीले काम गरिरहेको छ ।
हिजो तीन सय ६८ जना र आज तीन सय ४५ जनाको आँँखा जाँच गरिएकोमा दुई दिनमा ४५ जनाको मोतिया बिन्दू अप्रेसन गरिएको मित्र समाज काठमाण्डौं कार्यक्रम व्यवस्थापक अनिलकुमार पौडेलले जानकारी दिनुभयो । शिविर असोज ७ गतेसम्म चल्ने दैलेख अस्पतालका इञ्चार्ज डा. धर्मराज रेग्मीले बताउनुभयो ।
प्रतिक्रिया