दिगो विकास लक्ष्य हासिल गर्न सबैले सक्दो योगदान गरौं : सोसेक

दिगो विकास लक्ष्य हासिल गर्न सबैले सक्दो योगदान गरौं : सोसेक

महिला, बालबालिका, राउटे समुदायको जीवन स्तर उठाउन विभिन्न परियोजना तथा संस्थागत स्वयमसेवी काम गर्दै आएको सोसेक नेपालले सामाजिक सेवा दिवसको अवसरमा शनिबार शुभकामना दिएको छ ।

साेसेक नेपालका संस्थापक कार्यकारी निर्देशक हीरासिंह थापाद्वरा जारी शुभकामना सन्देशमा सहयोग गरिरहेको विभिन्न समूह, समुदाय, नागरिक समाज, साझेदार संस्था, सरकारका निकायले दिंदै आएको सहयोग निमित धन्यवाद दिइएको छ । 

परियोजना क्रियाकलाप र संस्थागत स्वयमसेवी कामहरुमा विभिन्न क्षेत्रबाट पाइएको सहकार्य, सदभावसंग नियमित रुपमा पृष्ठपोषणको अपेक्षा रहेको शुभकामना सन्देशमा उल्लेख छ ।

समाजमा पछि पारिएको जात, लिंग, क्षेत्र र समुदायको जीवन स्तर उठाउन हामी सबैले प्रयन्त गरेपछि मात्र दिगो विकास लक्ष्य हासिल गर्न सम्भव हुन भएकोले सबैले आआफ्नो क्षेत्रबाट सक्दो योगदान गर्न आग्रह गरिएको छ । 

सामाज कल्याण परिषद्को स्थापना दिवस पारेर नेपालमा सामाजिक सेवा दिवस औपचारिक रुपमा मनाउन थालेको ४४ वर्ष भएको छ । ४४ औं सामाजिक सेवा दिवसको नारा ‘दिगो विकास राष्ट्रिय प्रतिवद्धता, लक्ष्य प्राप्तीमा संघसंस्थाहरुको  सहभागिता’ रहेको छ । 
सामाजिक सेवा दिवसको अवसरमा सोसेक नेपालले जारी गरेको शुभकामना सन्देशमा समाज कल्याण परिषदसंग आवद्ध भएको एक गैरसरकारी संस्था भएको नाताले सोसेक नेपालले नाराको मर्म र भावना अनुसार काममा जुटिरहेको प्रष्याएको छ । 


 

प्रतिक्रिया