सुर्खेतमा बालिकालाई बलात्कार गरेको अभियोगमा एकजना पक्राउ
सुर्खेत – १३ वर्षीया बालिकालाई अपहरण गरी कांक्रेविहारको जंगलमा लगेर बलात्कार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। वीरेन्द्रनगरको एक निजी स्कुलमा अध्ययनरत १३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका–३ पानीखोलाका २५ वर्षीय भक्तिराम कँडेललाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी लक्ष्मण शाहीका अनुसार भदौ ३० गते विहान स्कुल जान लागेकी बालिकालाई कँडेलले अपहरण गरेर टेम्पोमा राखेर कांक्रेविहारको जंगलमा लगी बलात्कार गरेका थिए। कँडेलले बालिकालाई अघिल्लै दिनदेखि पीछा गरिरहेका थिए।
२९ गते स्कूलको गेटमा साथीहरुसँगै रहेकी बालिकालाई पीडक युवकले बोलाएर मोवाइलको रिचार्ज कार्ड ल्याइदिन भनेका थिए। ‘बालिकाले आफूले तपाईँलाई नचिन्ने भन्दै पन्छिएपछि मोटरसाइकलमा रहेका युवकले आफू नेपाली सेनामा कार्यरत रहेको बताएका रहेछन्,’ डीएसपी शाहीले भन्नुभयोे, ‘आर्मी भनेपछि विश्वास मानेर बालिका रिचार्ज कार्ड किन्न नजिकैको पसलमा गइछन्।’
नजिकको पसलमा रिचार्ज नपाएपछि पैसा फिर्ता गर्न कँडेलको नजिक आएकी बालिकालाई आफ्नो मोवाइल हराएको भन्दै मोवाइल मागेका थिए। ‘बालिकाको मोवाइलबाट आफ्नोमा फोन गरिसकेपछि उनी त्यहाँबाट हिँडेको देखिन्छ,’ डिएसपी शाहीले भन्नुभयो, ‘बेलुका फेरि एक पटक बालिकालाई फोन गरेको देखिन्छ।’ २९ गते विद्यालयमा सांगीतिक कार्यक्रम भएकाले बालिकाले मोवाइल बोकेर स्कुल गएको बताएकी छन्।
भोलिपल्ट विहान ३० गते स्कुल पोशाक लगाएर स्कुल जाने तयारीमा रहेकी बालिका वीरेन्द्रनगर–१ स्थित टेम्पोपार्कको एक पुस्तक पसलमा पेन्सिल किन्दै थिइन्। पीडक पनि त्यहीँ देखिए। उनलाई देखेर तर्किन लागेकी बालिकालाई पीडकले हात समातेर जवजस्ती टेम्पोभित्र राख्यो। ‘त्यहाँबाट सिटी बसपार्क नजिकैको होटलमा पु¥याएर स्कुल पोशाक खोलेर नयाँ कपडा लगाउन पीडक कँडेलले दवाव दिएको पाइयो,’ डिएसपी शाहीले भन्नुभयो, ‘बालिका होटलको काउन्टरबाटै भागेर केही पर गइसकेको अवस्थामा फेरि हात समाएर अर्को अटो रिक्सामार्फत कांक्रेविहार पु¥याएको देखिन्छ।’
कांक्रेविहार जंगलमा पु¥याएपछि बालिकालाई कुटपिट गर्दै बलात्कार भएको प्रहरीको भनाई छ। ‘मार्ने धम्की दिएर बलात्कार गरेको देखिन्छ,’ उहाँले भन्नुभयो, ‘हामी कहाँ बालिका आउँदा शरिरका धेरै ठाउँमा चोटपटक लागेको थियो।’ बालिकाको खुट्टा मर्किएको थियो।
प्रहरीका अनुसार सोही दिन दिउँसो आमासहित बालिका प्रहरी कार्यालय पुगेकी थिइन्। त्यो दिन बालिकाले आफूमाथि दुव्र्यवहार मात्रै भएको बताएकी थिइन्। प्रहरीले सामान्य जाहेरी लिएर उनले दिएको हुलियाका आधारमा पीडक खोज्न थाल्यो। गत विहीबार मात्रै पीडित बालिकाले आफूलाई जर्वजस्ती अटो रिक्सामा राखेर कांक्रेविहारको जंगलमा पु¥याइ बलात्कार भएको बताएकी थिइन्। त्यसपछि प्रहरीले पीडकको खोजीका लागि प्रविधिको प्रयोग गर्दै सादा पोशाकमा प्रहरी खटायो।
अन्ततः उनी शुक्रबार बेलुका पक्राउ परे । उनी पक्राउ परेलगत्तै एक वर्षअघिको अर्को बलात्कार घटनाको फाइल पनि खुल्यो । प्रहरीका अनुसार २०७९ कात्तिक ०९ गते पूर्वी सुर्खेतकी एक युवतीलाई विवाहको प्रलोभनमा पारी वीरेन्द्रनगर ल्याएर एक होटलमा बलात्कार गरेर फरार भएका थिए। युवतीले भोलिपल्टै आफूमाथि बलात्कार भएको भन्दै प्रहरीमा जाहेरी दिएपनि उनी पक्राउ परेका थिएनन् ।
‘यो पटक पक्राउ परेलगत्तै उनीसँग सम्वन्धीत पुराना केही घटना छन् कि भनेर फाइल खोल्यौं,’ डिएसपी शाहीले भन्नुभयो, ‘एक वर्षअघिको बलात्कार घटनाको फाइल फेला प¥यो।’ उनीविरुद्ध ६४ वीरेन्द्रनगर (क२७) ले दिएको जाहेरीमा विवाह गर्छु भनेर घरबाट भगाएर ल्याई वीरेन्द्रनगर–१० स्थित बसपार्कका् जेटु होलमा जवजस्ती करणी गरी फरार भएको उल्लेख छ।
डिएसपी शाहीले सुर्खेतमा मात्रै नभएर दैलेखमा पनि पीडक कँडेलले यस्तै प्रकृतिका घटनाहरु घटाएको बताउनुभयो । ‘दैलेख प्रहरीसँग समन्वय गरिरहेका छौं,’ उहाँले भन्नुभयो, ‘सुर्खेतमा भने अपहरण, शरिर बन्धक र जक (जवजस्ती करणी) मा मुद्धा अघि बढाएका छौं।’-नेपाली रैबार
प्रतिक्रिया