प्रधानमन्त्री प्रचण्ड र चिनियाँ जनकंग्रेसका अध्यक्षबीच भेटवार्ता
काठमाडौं – चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ जनकंग्रेसका अध्यक्ष झाओ लेजीबीच भेटवार्ता भएको छ । उनीहरुबीच सोमबार बिहान चीनको राजधानी बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा भेटवार्ता भएको हो ।
प्रधानमन्त्री प्रचण्डले आजै समकक्षी ली छ्याङसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री प्र्रचण्डले चिनियाँ प्रधानमन्त्री छियाङसँगको छलफलका लागि २३ बुँदे छलफलका एजेण्डा तय गरेका छन् ।
यसअघि नेपालले गरेका सम्झौताको पुनरावलोक र नयाँ एजेण्डाका बारेमा छलफल हुने भएको छ । प्रधानमन्त्री प्रचण्डले सोमबार चिनियाँ जन कङ्ग्रेस स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग पनि भेट गर्ने कार्यक्रम छ ।
साताव्यापी भ्रमणका लागि चीन पुगेका प्रधानमन्त्री प्रचण्ड बेङजिङको भेटघाटपछि छोङछिङ नगरपालिकामा आधुनिक कृषि अध्ययन भ्रमणका लागि जानेछन् ।
प्रतिक्रिया