सेफ हाउसमा आत्महत्या घटना बारे सोसेकद्वारा दुख व्यक्त
कालिकोट – जिल्ला सदरमुकाम मान्मबजारमा सोसेक नेपालले सञ्चालन गरेको महिला बालबालिका सेवा केन्द्र आकस्मिक सेफ हाउसमा संरक्षित २४ वर्षीया गीता जैसीको आत्महत्या घटनाबारे सोसेक नेपालले दुख व्यक्त गरेको छ । मृतक आत्माको चीर शान्ति र परिवारजनमा समवेदना प्रकट गरिएको छ ।
सोसेक नेपालका कार्यकारी निर्देशक हीरासिंह थापाले एक विज्ञप्ती जारी गर्दै विभिन्न परिस्थितिले मानसिक समस्या भोगिरहेकी गीतालाई सुरक्षित आश्रय र मनोवैज्ञानिक परामर्शका लागि प्रहरीलेको सिफारिसमा सेफ हाउसमा दुई सातापछि असोज ७ गते विहान अकस्मात सलले पासो लगाई शौचालयमा आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
आवश्यकता अनुरुप सेवा प्रदान गरिएको सेवाग्राहीले अप्रत्यासित रूपमा शौचालयमा झुण्डिएर आत्महत्या गरेको घटनाले आगामी दिनमा थप सावधान हुदै सेवा प्रवाह गर्ने कुरामा सजग रहने विज्ञप्तीमा सोसेक नेपालले प्रतिवद्धता जनाएको छ ।
व्यक्तिको ज्यान गएको घटना सरकारवादी हुने भएकोले प्रहरी र सरकारनका निकायहरुले अनुसन्धान गरिरहेको छ, अरुहरु निकाय वा व्यक्ति विशेषले पनि पाएको तथ्य सूचनाहरु दिई सहयोग गर्न आम स्थानीय बासिन्दाहरुसंग कार्यकारी निर्देशक थापाले आग्रह गर्नुभयो ।
प्रतिक्रिया