कृषिसँगै उत्पादित सामग्रीको बजारीकरणमा जोड

कृषिसँगै उत्पादित सामग्रीको बजारीकरणमा जोड

सर्लाही –   चक्रघट्टा गाउँपालिकाले कृषिसँगै उत्पादित सामग्रीको बजारीकरणमा पनि जोड दिने भएको छ । गाउँपालिकाले कृषि सामग्रीको विक्री वितरणमा सहज बनाउनका लागि बजारीकरणमा पनि जोड दिएको हो । 

गाउँपालिकाका अध्यक्ष कृष्ण कुमार यादवका अनुसार पालिकाले चालू आर्थिक वर्ष २०८०र०८१ मा कृषिलाई प्राथमिकतामा राखी काम गर्दै आएको छ । गाउँपालिकाका अधिकांश स्थानीयको मुख्य आम्दानीको स्रोत नै कृषि भएकाले प्राथमिकतामा राखेको बताउनुभयो । 

उहाँले बजारीकरणका लागि व्यवस्थित बजारको व्यवस्था गर्न लागेको बताउनुभयो  । उहाँका अनुसार गाउँपालिमा उत्पादित सामग्री लिन खेतखेतमै गाडी आउने गर्दछ ।

उत्पादिनत सामग्रीलाई गाउँपालिकासँगै सुन्दरपुरलगायत बजारमा विक्रीको लागि लैजाने गरेको उहाँले सुनाउनुभयो  । आगामी वर्षदेखि बजारीकरणको लागि गाउँपालिकाले आवश्यक बजेट विनियोजन गरेको उहाँले बताउनुभयो  । 

प्रतिक्रिया