नेपालले दियो मंगोलियालाई विश्व कीर्तिमानी लक्ष्य

नेपालले दियो मंगोलियालाई विश्व कीर्तिमानी लक्ष्य

काठमाडौँ –   चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा नेपाली पुरुष क्रिकेट टोलीले मंगोलियालाई जितका लागि विश्व कीर्तिमानी लक्ष्य दिएको छ । टी—२० ढाँचाको प्रतियोगितामा टस हारी पहिले ब्याटिङ गर्दै नेपालले निर्धारित ओभरमा तीन विकेट गुमाएर तीन सय १४ रन बनायो ।

अब मंगोलियाले जितका लागि २० ओभरमा तीन सय १५ रन बनाउनु पर्नेछ । यसअघि टी—२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रनको कीर्तिमान अफगानिस्तानको नाममा थियो । अफगानिस्तानले सन् २०१९ को फेब्रुअरी २३ मा खेलिएको आयरल्यान्डविरुद्घको खेलमा तीन विकेट गुमाएर दुई सय ७८ रन बनाएको थियो । 

पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको मंगोलियाविरुद्ध नेपाली ब्याट्सम्यान कुशल मल्लले अविजित एक सय ३७ रन बनाए । उनले केवल ५० बलको सामना गरी १२ छक्का र आठ चौका पनि हिर्काएका थिए ।

प्रतिक्रिया