‘ॐ’ अक्षर हटाउन लागिएको भन्दै नेविसंघको विरोध

‘ॐ’ अक्षर हटाउन लागिएको भन्दै नेविसंघको विरोध

काठमाडौं - नेपाली शब्दकोशबाट ‘ॐ’ अक्षर हटाउन लागिएको भन्दै नेविसंघले काठमाडौंमा मशाल जुलुस प्रदर्शन गरेको छ । 

‘ॐ’ अक्षर हटाउन खोजिएको भन्दै मंगलबार काठमाडौंको प्रदर्शनीमार्गस्थीत आरआर क्याम्पस अघि नेविसंघ आवद्ध बिद्यार्थीहरुले मशाल जुलुस प्रदर्शन गरेका हुन् । 

सो क्रममा प्रहरीले हस्तक्षेप गरेर मशाल खोसेको थियो । प्रदर्शनमा सहभागी विद्यार्थीहरुले उनीहरुले धर्म परिवर्तन बन्द गर, धर्म मास्न पाइदैन, ‘ॐ’ अक्षर हटाउन पाइदैन, डलरवादी होसीयार, हिन्दु राष्ट्र कायम गर लगाएतका नारा लगाएका थिए । 

प्रतिक्रिया