रोहित शर्माको कीर्तिमान तोडे कुशल मल्लले

रोहित शर्माको कीर्तिमान तोडे कुशल मल्लले

काठमाडौँ –   चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटमा नेपाली टोलीका ब्याट्सम्यान कुशल मल्लले विश्व कीर्तिमानी पाली खेल्नुभएको छ । मंगोलियाविरुद्धको उक्त खेलमा कुशलले अविजित एक सय ३७ रन बनाउनुभयो  । 

उहाँले केवल ५० बलको सामना गरी १२ छक्का र आठ चौका हिर्काए । बायाँ हाते ब्याट्सम्यान कुशलले टी—२० अन्तर्राष्ट्रिय प्रतियोगिताको इतिहासमै सर्वाधिक छिटो शतक बनाउनुभएको हो  । उहाँले केवल ३४ बलमा शतक पुरा गर्नुभएको हो । 

यसअघि टी—२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो शतक पुरा गर्ने खेलाडीको कीर्तिमान भारतका रोहित शर्माको नाममा थियो । भारतीय टोलीका वर्तमान कप्तान शर्माले केवल ३५ बलमा शतक बनाउनुभएको थियो  । शर्माका अतिरिक्त दक्षिण अफ्रिकाका डेभिड मिल्लरले पनि ३५ बलमा अर्धशतक बनाएका थिए । कुशलले उनीहरूकै कीर्तिमान तोड्नुभएको हो  ।

प्रतिक्रिया