सरकार सुशासनको मार्गचित्र कोर्न लागेको छ : खड्का

सरकार सुशासनको मार्गचित्र कोर्न लागेको छ  : खड्का

सुर्खेत–   कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सुशासनको मार्गचित्र कोर्ने तयारीमा सरकार लागिरहेको बताउनुभएको छ ।

सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले सुशासनको विषयमा जोडिएको कार्यक्रमै सरकारले ल्याउने तयारी गरिरहेको बताउनुभयो ।

खड्काले बजेट कार्यान्वयनमा सरकारले विशेष ध्यान दिएको बताउँदै कालोबजारीलाई नियन्त्रण गर्ने लगायतका विषयहरूमा अभियानका रूपमै सञ्चालन भइरहेको बताउनुभयो  । सरकार सेवालाई सहज बनाउनेमा केन्द्रित छ, उहाँले भन्नुभयो, जनतासँग जोडिएका विषयमा सहजता प्रदान गर्ने सरकारको ध्यान छ ।कनुनहरू जुन रफ्तारमा बनाउनुपर्ने थियो त्यो हुन नसक्दा समस्या भएकाले अब सरकार आवश्यक कानुनहरू बनाउने तयारीमा लागिरहेको पनि उहाँले बताउनुभयो  ।

खड्काले सुर्खेत विमानस्थलको धावन मार्ग विस्तार कार्य अगाडि बढाउने प्रयास भइरहेको पनि जानकारी दिनुभयो  । ‘उत्तरतिर विस्तार गर्ने कुरामा समस्या छैन ।‌ तर, दीर्घकालीन विमानस्थलका रूपमा यो विमानस्थलले धान्न सक्दैन,’ उहाँले भन्नुभयो । अहिलेको विमानस्थललाई विस्तार गर्ने कुरामा विवाद गर्नुपर्ने कुनै कारण नरहेको उहाँको भनाई रहेको छ। साथै उनले विकासमा राजनीतिक गर्न नहुने खड्काले बताउनुभयो  ।

ुकर्णालीका सबै सांसदको एउटै सङ्कल्प हो कर्णालीको विकास र परिवर्तन, उहाँले भन्नुभयो,तुलनात्मक रूपमा हामी अरू प्रदेश सरह बनाउन हामी सबै लाग्नुपर्छ।ु

प्रतिक्रिया