वर्तमान सरकार गुण्डाहरुको‌ सरकार भएको ओलीको आरोप

वर्तमान सरकार गुण्डाहरुको‌ सरकार भएको ओलीको आरोप

सुर्खेत –  एमाले अध्यक्ष केपी शर्मा ओलीले‌ वर्तमान सरकार गुण्डाहरुको‌ सरकार भएको आरोप लगाउनुभएको छ । वीरेन्द्रनगर आयोजित प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उहाँले देशमा जताततै बलात्कारी, गुण्डागर्दी चलिरहेको बताउँदै‌ उनले यो सरकार गुण्डाहरुको सरकार भएको दाबी समेत गर्नुभयो  । 

यस्तै अध्यक्ष ओलीले कर्णालीमा प्यानल बनाएर चुनाव नलड्न  निर्देशन दिनुभएको छ  । उहाँले सर्वसहमतिमा नयाँ नेतृत्व चयन गर्न निर्देशन दिनुभयो  । नेतृत्वको कुरा सुनेर अगाडि बढ्नुपर्ने उहाँले बताउनुभयो  ।   

अध्यक्ष ओलीले सहमति हुँदै नभए मात्रै चुनाव लड्न भन्नुभएको छ  । तर प्यानल बनाएर चुनाव नलड्न उहाँले निर्देशन दिनुभयो  । 

०८४ मा गबवन्धनलाई धोवीले लुगा धोएझैँ धोइदिन्छौँ 

त्यस्तै अध्यक्ष ओलीले एमालेलाई बलियो राष्ट्रिय शक्ति बनाएर ०८४ को निर्वाचनमा अहिलेको सत्ता गबवन्धनलाई धोवीले लुगा धोएझैँ धोइदिने बताएका हुन्।

नेकपा एमाले एउटा महान अभिभारा पूरा गर्ने संकल्पसहित बाधा व्यवधानसँग लडेर समृद्ध राष्ट्र निर्माणको अभियानमा होमिएको छ, यो अधिवेशनबाट एमाले विचारमा संगठित छ, संगठनमा एकजुट र राष्ट्रियताका सवालमा एकताबद्ध छ भन्ने सन्देश दिन आवश्यक छ, हामीले मिसन ८४ भनेका छौँ, यो भनेको साल फेरिने होइन, हामी एकतावद्ध भएर नेतृत्वमा जाने वर्ष हो’, उहाँले भननुभयो ।

वर्तमान गठवन्धन सरकारले देशको स्वाधीनतालाई लम्पसारमा परिणत गरेको उल्लेख गर्दै ओलीले राष्ट्रिय एकता, स्वाधीनता, सार्वभौमसत्ताको रक्षा, सामाजिक न्यायसहितको समृद्धिका लागि एमालेलाई बलियो राष्ट्रिय शक्ति नबनाएसम्म देशले निकास नपाउने दाबी गर्नुभयो ।

ओलीले धार्मिक, सांस्कृति र सामाजिक मूल्य र मान्यताका आधारमा देशमा हिंसात्मक गतिविधि बढ्न थालेकोमा चिन्ता व्यक्त गर्दै त्यसतर्फ समयमै सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया