बाेटेचाैरमा भेरी काेरिडाेर कार्यालयकाे स्थापना
सुर्खेत – पुर्वि सुर्खेतको बोटेचौरमा भेरी कोरिडोर सिंचाई तथा नदि व्यवस्थापन आयोजना कार्यालयको स्थापना गरिएको छ । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पुर्ण बहादुर खड्काले बिहीबार एक कार्यक्रमकाबीच सो कार्यालयको उद्घाटन गर्नुभएको हो ।
कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै उहाँले वर्तमान सरकारले कर्णालीलाई प्रथामिकतामा राखेर काम गरेको बताउनुभयो । उहाँले मुलुकको विकासका लागि प्रधानमन्त्रीको चिन भ्रमण सफल भएको बताउनुभयो ।
उपप्रधानमन्त्री खड्काले सरकारले सुशासनको नयाँ योजना ल्याउने तयारीमा रहेको बताउनुभयो । उहाँले भेरी कोरिडोर आयोजनामा प्रदेश सरकार स्थानीय सरकार सबैको भुमिका रहेको बताउनुभयो । नेता खड्काले एकताबद्ध भएर कर्णालीलाई विकशित र अग्रपङ्तिमा पुर्याउनुपर्ने उल्लेख गर्नुभयो ।
खड्काले आर्थिक प्रतिकुलताको विचमा, कोरोनको डरलाग्दो अवस्थाले अर्थतन्त्रमा पारेको असरलाई चिर्दै सबल अर्थतन्त्र निर्माणमा लागिरहेको बताउनुभयो । उहाँले अर्थतन्त्राई चलायमान बनाउन विभिन्न कार्यक्रमहरु सरकारले सञ्चालन गरिरहेको बताउँदै वर्तमान सरकारले विगतको तुलनामा नयाँ आयोजनामा पर्याप्त बजेट विनियोजन गरेको बताउनुभयो ।
कार्यक्रममा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंह, आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण जिसि, जलस्रोत तथा उर्जा विकास मन्त्री उर्मिला विश्वकर्मा, सुर्खेतका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटा, कर्णाली प्रदेश प्रहरी कार्यालका प्रमुख डिआजी भिम प्रसाद शर्मा, लगाएको उपस्थित रहेको थियो ।
प्रतिक्रिया