एमालेको बाग्मती प्रदेश अध्यक्षमा ढुङ्गेल

एमालेको बाग्मती प्रदेश अध्यक्षमा  ढुङ्गेल

काठमाण्डौ –   नेकपा एमालेको बाग्मती प्रदेश कमिटीको अध्यक्षमा रामेछापका कैलाश ढुङ्गेल निर्वाचित हुनुभएको छ । गएराति सकिएको मतगणनामा ढुङ्गेल ६९६ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो । अध्यक्षका अर्का प्रत्यासी कृष्णप्रसाद दाहालले ४३९ मत प्राप्त गर्नुभयो ।

यस्तै, उपाध्यक्षमा दावा दोर्जे लामा ६१५ मतसहित निर्वाचित हुनुभएको छ । सचिवमा नवराज सिलवाल एक मत बढी ल्याएर विजयी हुनुभएको छ । उहाँले ५६८ र अर्का प्रत्यासी हस्त पण्डितले ५६७ मत प्राप्त गर्नुभयो।

यस्तै, उपसचिवमा प्रेम कुमार महर्जन  र भक्त कुमारी लामा विजयी हुनुभएको छ । नेतृत्वले सर्वसम्मतिबाट प्रदेश कमिटी चयन गर्ने प्रयास असफल भएपछि हिजो मतदान भएको हो ।

प्रतिक्रिया