गर्ल्स नट ब्राइड्सको सदस्यमा सोसेक नेपाल

गर्ल्स नट ब्राइड्सको सदस्यमा सोसेक नेपाल

काठमाडौँ –   सोसेक नेपाल बालविवाह अन्त्य गर्न विश्वव्यापी साझेदारी गल्र्स नट ब्राइड्सको सदस्य बनेको छ ।

महिला बालबालिका, स्वास्थ्य शिक्षा जिविकोपार्जनका क्षेत्रमा काम विभिन्न काम गर्दै आएको सोसेक नेपाल बालविवाह अन्त्य गर्न विश्वव्यापी साझेदारीको सदस्य भएको सोसेक नेपालका कार्यकारी निर्देशक हीरासिंह थापाले बताउनुभयो ।

 उहाँका अनुसार गर्ल्स नट ब्राइड्स बालविवाह अन्त्य गर्न र केटीहरूलाई पूर्ण क्षमतामा पुग्न सक्ने सुनिश्चित गर्न प्रतिबद्ध १०० भन्दा बढी देशका १,६०० भन्दा बढी नागरिक समाज संगठनहरूको विश्वव्यापी नेटवर्क हो। 

प्रतिक्रिया