सुर्खेत बालक मृत्यु प्रकरण : आन्दोलन उग्र बन्दै

सुर्खेत बालक मृत्यु प्रकरण : आन्दोलन उग्र बन्दै

सुर्खेत –   सुर्खेतमा ८ बर्षीय बालक मृत भेटिएपछि सुरु भएको आन्दोलन उग्र बन्दै गएको छ ।  वीरेन्द्रनगर नगरपालिका–६ घण्टाघर  नजिक रहेको उषा बालवाटिका सेकेण्डरी स्कुलको होस्टेलमा ८ वर्षीय सलाम पुलामी मगर मृत भेटिएका थिए । बालकको मृत्यु शंकास्पद रहेको भन्दै उनका आफन्तहरु आन्दोलन सुरु गरेका छन् । 

आन्दोलन उग्र बन्दै गएपछि अहिले वीरेन्द्रनगरमा विद्युत अवरुद्ध हुनाका साथै  यातायातका साधनहरु सञ्चालनमा समस्या भइरहेको छ । आन्दोलका कारण  वीरेन्द्रनगर बजार अशान्त छ । आफन्तहरुले घटना शंकास्पद रहेको भन्दै लास उठाउन दिएका छैनन् । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता गोपालचन्द्र भट्टराईले घटना शंकास्पद रहेको र अनुसन्धान गरिने बताउनुभएको छ ।

आक्रोशित भीड घटनाको छानबिन गर्नुपर्ने भन्दै तोडफोडमा नै उत्रिएको छ। भीडलाई साम्य पार्न प्रहरीले अश्रु ग्याँस समेत प्रहार गरेको छ ।

प्रतिक्रिया