शाही र सिंहले लिए उम्मेदवारी फिर्ता

शाही र सिंहले लिए उम्मेदवारी फिर्ता

सुर्खेत –   नेकपा एमाले कर्णाली प्रदेश कमिटी अध्यक्ष पदको उम्मेदवार राजबहादुर शाही र प्रेमबहादुर सिंहले उम्मेदवारी फिर्ता लिएका छन्।

दुवै नेताले अध्यक्षमा मीनबहादुर शाहीलाई अध्यक्षमा सघाउने भन्दै उम्मेदवारी फिर्ता लिएको बुझिएको छ।

अब अध्यक्ष पदमा कालीकोटका प्रकाश रोकाया, सल्यानका गुलाबजंग शाह र कालिकोटका मीनबहादुर शाहीबीच प्रतिस्पर्धा हुनेछ।

यस्तै सचिवमा दैलेखका रुद्रबहादुर शाही र सुर्खेतका ध्रुबकुमार शाहीबीच प्रतिस्पर्धा हुनेछ। यसअघि सचिवमा उम्मेदवारी दिएका सुर्खेतका डण्डीप्रसाद शर्माले सिचवमा रुद्रबहादुर शाहीलाई समर्थन गर्दे उम्मेदवारी फिर्ता गरेका छन्।

प्रतिक्रिया