एकै दिन बालक मृत्यू : सत्यतथ्य छानबिन गर्न सोसेकको अपिल

एकै दिन बालक मृत्यू : सत्यतथ्य छानबिन गर्न सोसेकको अपिल

सुर्खेतमा एकै दिन दुई बालबालिकाको मृत्यू भएको घटनाको सन्दर्शमा सोसेक नेपालले घटनाको सत्यतथ्य खोजबिन, निष्पक्ष छानबिन, अनुसन्धान, कानूनी न्याय र पीडित परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न विज्ञप्ती मार्फत अपिल गरेको छ । 

उषा बालवाटिका सेकेण्डरी स्कूलमा २ कक्षा पढ्ने दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका नं. २ चामुण्डाका ८ वर्षका सलाम पुलासी मृत भेटिएका र वीरेन्द्रनगरमै गोकुल कटेज नजिकै मोटरसाइकलको ठक्करले घाइते दैलेखको आठबीस नगरपालिकाका नं. ५ पिपलकोटका ५ वर्षीय टुकदर्शन गिरीको उपचारको क्रममा कर्णाली केयर अस्पतालमा मृत्यू भएको घटनामालाई लिएर संस्थाले अपिल जारी गरेको हो । 

विद्यालयमा आवश्यीय रुपमा बसेको बालक मृत फेला परेको भनिएको घटना र नम्बर पत्ता नलागेको मोटरसाइकलले ठक्कर दिई भागेको समेत दुई वटै घटनामा पीडित परिवार र आफन्तहरु आक्रोसित बनेको बेला प्रहरीसंग मुठभेड भएको जानकारीमा आएको छ । 

यी दुबै घटनामा भविष्यका कर्णधार बालबालिकाको जीवन असुरक्षा बढिरहेको उल्लेख गर्दै बाल अधिकार महासन्धी, नेपालको संविधान र बालबालिका सम्वन्धी ऐनले समेत प्रदत्त बालबालिकाको बाँच्न पाउने अधिकारको प्रत्याभूती हुन नसकेकाप्रति सोसेक नेपालको ध्यान आकर्षण भएको जनाइएको छ । 

बालबालिकाहरुको सर्वोत्तम हितलाई ख्याल राख्दै बाल अधिकार महासन्धी १९८९ का मुख्य ४ आधारभूत अधिकारहरु बाँँच्न पाउने, संरक्षण पाउने, विकास र सहभागिताका अधिकारहरु प्रत्याभूती गराउन राज्यका सबै निकायहरु जिम्मेवार हुन सोसेक नेपालका कार्यकारी निर्देशक हीरासिंह थापाले अपिल गर्नुभएको छ । 

प्रतिक्रिया