सुन तस्करी छानबिन गर्न सरकारले बनायो आयोग

काठमाडौँ – सरकारले पछिल्लो समय भइरहेको अर्बौँ मूल्यको सुन तस्करी प्रकरण छानबिनका लागि उच्चस्तरीय आयोग गठन गरेको छ।
आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्य संयोजक रहेको उच्चस्तरीय आयोग बनँएको हो।
बैठकपछि सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले चार सदस्यीय आयोग गठनको निर्णय भएको बताउनुभएको छ ।
गत असोज ५ गते दलहरुको बैठकको निर्णयअनुसार आयोगमा उच्च अदालतका पूर्वन्यायाधीश आचार्य संयोजक रहनेछन्।
त्यसैगरी सदस्यहरुमा पूर्वसहसचिव किशोरजंग कार्की, पूर्वसहसचिव प्रेमराज जोशी र पूर्वएआईजी सहकुल थापा सदस्य रहेका उहाँले बताउनुभयो । सरकार र प्रमुख प्रतिपक्षी दलहरुबीच आइतबार भएको छलफलले नेपालमा भइरहेको सुन तस्करीबारे छानबिनका लागि उच्चस्तरीय आयोग बनाइएको हो।
उक्त आयोगले सुन तस्करी रोक्ने उपाय, संलग्नहरुमाथि कारबाहीको सिफारिस आदि अधिकार पाउने उहाँले बताउनुभयो । शर्माले आयोगको कार्यावधि तीन महिनाको रहने पनि जानकारी दिनुभयो ।
प्रतिक्रिया