एमाले अधिवेशन : प्रदेश सदस्यमा ४४ जना निर्विरोध निर्वाचित

एमाले अधिवेशन : प्रदेश सदस्यमा ४४ जना निर्विरोध निर्वाचित

सुर्खेत –   नेकपा एमाले कर्णाली प्रदेशको सदस्यमा ४४ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन । निर्वाचनका लागि तोकिएको कोटाभन्दा धेरै उम्मेदवारी नपरेको र केही उम्मेदवारहरुले  उम्मेदवारी फिर्ता लिएपछि ४४ जना प्रदेश कमिटी सदस्यमा निर्विरोध निर्वाचित भएका हुन ।  

सुर्खेत : सुर्खेतको प्रदेशसभा भूगोलतर्फ प्रदेशसभा निर्वाचन क्षेत्र–१ (क) मा दुई जना पुरुषतर्फ पूर्णबहादुर शाही, मानबहादुर खत्री र एक जना महिलातर्फ दीपा चन्द, प्रदेशसभा–१ (ख) एक जना महिलातर्फ हरिकला राना गरी चार जना सदस्य निर्विरोध निर्वाचित भएका छन ।

यस्तै, सुर्खेत प्रदेशसभा निर्वाचन क्षेत्र–२ (क) महिलातर्फ लक्ष्मीकुमारी शाही र प्रदेशसभा–२ (ख) बाट एक महिला सदस्यमा चन्द्रकला बुढा गरी दुई महिला सदस्य एमाले कर्णाली प्रदेश कमिटीमा निर्विरोध निर्वाचित भएकी छन ।

दैलेख : दैलेख निर्वाचन क्षेत्र नम्बर–१ प्रदेशसभा (ख) एक जना महिला सदस्यमा तप्तकुमारी खड्का (थापा), दैलेख प्रदेशसभा–२ (क) सर्वराज महतारा र डा. रमेशकुमार आचार्य गरी तीनजना प्रदेश कमिटी सदस्यमा निर्विरोध निर्वाचित भएका छन । 

जाजरकोट : जाजरकोट प्रदेशसभा (क) भूगोलतर्फबाट एक जना महिला सदस्यमा ताराकुमारी विष्ट शाक्य निर्विरोध निर्वाचित भएकी छन ।

सल्यानः सल्यान प्रदेशसभा (क)मा दुई जना पुरुष सदस्यतर्फ घनश्याम शर्मा र जीतबहादुर चलाउने, एक जना महिला सदस्यतर्फ आशा वली र प्रदेशसभा (ख)मा दुई जना पुरुषतर्फ घनश्याम शर्मा र वुद्धिबहादुर केसी र एक महिला सदस्यतर्फ सरिता हमाल गरी ६ जना निर्विरोध निर्वाचित भएका निर्वाचन कमिटीले जनाएको छ ।

 ​​​​जुम्लाः  जुम्ला प्रदेशसभा (क) बाट धनकृष्ण पाण्डे र भिमबहादुर थापा, जुम्ला प्रदेशसभा (ख) बाट दुई जना खुला सदस्य पुरुषमा जयबहादुर खत्री, नन्दराम रोकाय र जुम्ला प्रदेशसभा (ख)बाट एक जना महिला सदस्यमा चुक्की शाही गरी पाँच जना निर्वाचित भएका छन ।

हुम्ला :  हुम्ला भूगोलतर्फ प्रदेशसभा (क) दुई जना पुरुष सदस्यमा जयबहादुर शाही र मंगल लामा, प्रदेशसभा (ख) एक जना महिलातर्फ रुपा शाही ३ जना प्रदेश कमिटी सदस्यमा निर्वाचित भएकी छन । 

डोल्पा : डोल्पा भूगालेतर्फ प्रदेशसभा (क) मा दुई जना पुरुष सदस्यमा पूर्णबहादुर डाँगी र विष्णुबहादुर रोकाया, महिला सदस्यमा पासाङ लामु रोकाय (बुढा) र प्रदेशसभा (ख) दुई जना पुरुषतर्फ धनचन्द्र बैजी, विश्वचन्द्र डसाल र एक जना महिला सदस्यतर्फ चन्द्रा कुमारी बुढा गरी ६ जना सदस्य प्रदेश कमिटीमा निर्विरोध निर्वाचित भएका छन । 

मुगुः  मुगु जिल्ला भूगोलबाट प्रेदशसभा (क) मा दुई जना पुरुषतर्फ डबलबहादुर रोकाय, सोनाम छिरिंग लामा, एक जना महिला सदस्यतर्फ सुन्तला बुढा र प्रदेशसभा (ख) दुई जना पुरुषतर्फ कर्णबहादुर मल्ल, राजबहादुर कार्की र एक जना महिलातर्फ राज्यलक्ष्मी मल्ल गरी ६ जना प्रदेश कमिटी सदस्यमा निर्विरोध निर्वाचित भएका छन ।

रुकुम पश्चिमः  रुकुम पश्चिम प्रदेशसभा (क)बाट दुई जना पुरुष सदस्यतर्फ कर्णबहादुर वली र गंगाराम चनारा, एक जना महिला सदस्यमा रचना मल्ल र प्रदेशसभा (ख) मा दुई जना पुरुषतर्फ गणेशकुमार विक र टंकप्रसाद वली निर्विरोध पाँच जना उम्मेदवार प्रदेश कमिटी सदस्यमा निर्वाचित भएका छन । 

यस्तै, जनजाति निर्वाचन क्लस्टर अन्तर्गत पाँच जना महिला सदस्यमा चन्द्राकुमारी थापा मगर र छप्साङ लामा निर्विरोध निर्वाचित भएकी छन ।  पाँच जना महिला सदस्य रहेको कोटामा दुई जना महिलाको मात्रै उम्मेदवारी परेको हो ।

१ जना कोटा रहेको अल्पसंख्यकमा दैलेखका पदमबहादुर माझी निर्विरोध प्रदेश कमिटी सदस्यमा चुनिएका छन ।  

प्रदेश लेखा समितिको उपाध्यक्षमा अमरबहादुर चन्द, दुई जना महिला सदस्यमा जाजरकोटकी कमला कुमारी शाी र रुकुम पश्चिमकी कृष्णाकुमारी मल्ल निर्विरोध निर्वाचित भएकी छन । 

लेखा समितिको खुला २ जना सदस्यमा एक जनाको मात्रै उम्मेदवारी परेको छ । जसमा रुकुम पश्चिमका मिजाश मल्लको उम्मेदवारी परेको हो । उनी पनि निर्विरोध निर्वाचित भइसकेका छन । 
 

प्रतिक्रिया