बझाङ्गकी संगीताले गरीन मनास्लूको सफल आरोहण

बझाङ्गकी संगीताले गरीन मनास्लूको सफल आरोहण

काठमाण्डौ –   सगरमाथा आरोही बझाङ्ग,धुलीकि संगीता रोकायाले बिश्वको आठौं अग्लो हिमाल मनास्लू (८,१६३ मि)को पनि सफल आरोहण गर्न सफल हुनुभएको छ ।

साईपल गाउँपालिका -४, धुली (बझाङ्ग) की संगीताले राधा पौडेल फाउण्डेसनको अभियानमा जोडिदै यूनाईटेड नेशनले ८ डिसेम्बरलाई अन्तराष्ट्रिय मर्यादित महिनावारी दिवस घोषणा गरीयोस भन्ने अपीलका साथ ८ हजार भन्दा अग्ला विश्वका १४ वटा हिमालहरु आरोहण गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।

उहाँ ग्लोबल साउथ कोआलिजन फर डिग्नीफाईड मेन्स्ट्रुएशन (जी एस सी डी एम) का ब्रान्ड एम्बेसडर पनि हुनुहुन्छ । रोकायाले सगरमाथा र मनास्लूको चुचुरोमा मर्यादित महिनावारी सबैको जिम्मेवारी भन्ने जी एस सी डी एम को  लोगो अंकित ब्यानर समेत फहराउनुभएको थियो ।  

मनास्लूको सफल आरोहण गर्ने उहाँ  दोश्रो नेपाली महिला हो । साथै सगरमाथा आरोहण गर्ने पहिलो बझांगी महिला हुन । अब उहाँ बाकी  १२ वटा हिमाल आरोहण गर्ने तैयारीमा रहेको बताउनुभयो ।

प्रतिक्रिया