मानवअधिकार कार्ययोजना कार्यान्वयन समिति गठनकाे प्रशंसा

मानवअधिकार कार्ययोजना कार्यान्वयन समिति गठनकाे प्रशंसा

राष्ट्रिय मानव अधिकार आयोगका कर्णाली प्रदेश कार्यालयका प्रमुख लोकनाथ बास्तोलाले मानव अधिकार सम्वन्धी पाँचौं राष्ट्रिय कार्ययोजना कार्यान्वयन गर्न दैलेख जिल्ला स्तरीय समन्वय समिति गठन गर्नुभएको जिल्ला समन्वय समितिका प्रमुख नमराज शाहीलाई धन्यवाद दिनुभएको छ । 

जिल्लाको मानव अधिकारको अवस्था विषयमा जानकारी लिन प्रमुख शाहीको कार्यकक्षमा भएको भेट दैलेखका प्रमुख नमराज शाहीको संयोजकत्वमा सरकारी निकाय र नागरिक समाज समेतेको सहभागितामा ३१ सदस्यीय समिति गठन भएको जानकारी पाएपछि बास्तोलाले मानव अधिकार सम्वन्द्र्धनको चासो राखेको भन्दै जिल्ला समन्वय समितिको सो कार्यको प्रशंसा गर्नुभयो । 

आयोगका कर्णाली प्रदेश कार्यालयका प्रमुख बास्तोलाले दैलेख जिल्ला अदालतका श्रेस्तेदार उपसचिव बद्रीप्रसाद तिमिल्सिना, जिल्ला सरकारी वकील कार्यालयका जिल्ला न्यायाधिवक्ता कर्णबहादुर महत, निमित्त प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालालाई भेटी जिल्लाको मानव अधिकारको अवस्था विषयमा जानकारी लिनुभएको थियो । 

भेटघाटमा आयोगका मानव अधिकार अधिकृत मानबहादुर कार्की, पत्रकारद्वय अमर सुनार र भरतराज अधिकारी पनि सहभागी हुनुहुन्थ्यो । राष्ट्रिय मानव अधिकार आयोगका कर्णाली प्रदेश कार्यालयले भोलि दैलेख सदरमुकाममा जातीय विभेद तथा छुवाछूतको अवस्था विषयमा अन्तरक्रिया कार्यक्रम राखेको छ । 

प्रतिक्रिया