दुई बालबालिकाको मृत्यू घटना बारे नागरिककाे ध्यानाकर्षण
सुर्खेतमा एकै दिन दुई बालबालिकाको मृत्यू भएको घटनाको सन्दर्भमा दैलेखका नागरिक समाज संस्थाहरुले घटनाको सत्यतथ्य खोजबिन, निष्पक्ष छानबिन, अनुसन्धान, कानूनी न्याय र पीडित परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न विज्ञप्ती मार्फत अपिल गरेको छन् ।
उषा बालवाटिका सेकेण्डरी स्कूलमा २ कक्षा पढ्ने दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका नं. २ चामुण्डाका ८ वर्षका सलाम पुलासी मृत भेटिएका र वीरेन्द्रनगरमै गोकुल कटेज नजिकै मोटरसाइकलको ठक्करले घाइते दैलेखको आठबीस नगरपालिकाका नं. ५ पिपलकोटका ५ वर्षीय दिकदर्शन गिरीको उपचारको क्रममा कर्णाली केयर अस्पतालमा मृत्यू भएको घटनामालाई लिएर संस्थाले अपिल जारी गरेका हुन ।
बालबालिकाहरुको सर्वोत्तम हितलाई ख्याल राख्दै बाल अधिकार महासन्धी १९८९ का मुख्य ४ आधारभूत अधिकारहरु बाँँच्न पाउने, संरक्षण पाउने, विकास र सहभागिताका अधिकारहरु प्रत्याभूती गराउन राज्यका सबै निकायहरु जिम्मेवार हुन सोसेक नेपाल, महिला सशक्तिकरण मञ्च, एभरेष्ट क्लवm, सेतो गुराँस, शिक्षाका लागि राष्ट्रिय अभियान र इन्सेकले जारी गरेको संयुक्त विज्ञप्तीमा माग गरिएको छ ।
प्रतिक्रिया