एमाले कर्णालीको अध्यक्षमा गुलाबजंग शाहको जित पक्का

५ सय मतगणना हुँदा शाहले ३ सय १० मत प्राप्त गर्नुभएको छ

एमाले कर्णालीको अध्यक्षमा गुलाबजंग शाहको जित पक्का

सुर्खेत –  नेकपा एमाले कर्णालीको अध्यक्षमा गुलाबजंग शाहको जित पक्का भएको छ। सुर्खेतको वीरेन्द्रनगरस्थित सिटीहलमा जारी मतगणनामा ५ सय मतगणना हुँदा शाहले ३ सय १० मत प्राप्त गर्नुभएको छ ।  

यहाँ जम्मा ६ सय ९ मत खसेको थियो। अध्यक्षका अर्का उम्मेदवार मीनबहादुर शाहीले भने १ सय ६४ मत प्राप्त गरेका छन्। 

अब १ सय ९ मत गणना हुन बाँकी छ। तर उनीहरूबीचको मतान्तर १ सय ४६ मतको रहेको छ। गणना हुन बाँकीभन्दा बढी मतले शाहले अग्रता लिएसँगै उनको जित पक्का भएको हो। 

नीहरूबीचको मतान्तर १ सय ४६ मतको रहेको छ। त्यस्तै, उपाध्यक्ष टेकराज पछाईले २ सय ८५ मत प्राप्त गरेका छन् भने अर्का उम्मेदवार लालबहादुर महताराले १ सय ४३ मत प्राप्त गर्नुभएको छ  ।  उहाँहरूबीचको मतान्तर १ सय ४२ रहेको छ। 

सचिवमा ध्रुव शाहीले ३ सय ३९ र रूद्र शाहीले १ सय ३३ मत प्राप्त गर्नुभएको छ । उहाँहरूबीचको मतान्तर २ सय ६ मतको रहेको छ। 

प्रतिक्रिया