एमाले कर्णाली अधिवेशन : शाहको प्यानल नै निर्वाचित

एमाले कर्णाली अधिवेशन  :  शाहको प्यानल नै निर्वाचित

सुर्खेत –  नेकपा एमाले कर्णाली प्रदेश कमिटीको अध्यक्ष पदमा गुलाबजङ्ग शाहको प्यानल नै निर्वाचित भएको छ । 

अध्यक्षका उम्मेदवारद्धय मीनबहादुर शाही र प्रकाश रोकायलाई पछि पार्दै शाह ३६९ मत प्राप्त गर्दै प्रदेश कमिटीको अध्यक्षमा निर्वाचित हुनुभएको हो  ।  शाहका प्रतिस्पर्धी शाहीले २०७ र रोकायले ४ मत मात्र पाउनुभएको छ । 

त्यस्तै उपाध्यक्षमा टेकराज पछाइ निर्वाचित हुनुभएको छ  । उहाँले ३४६ मत पाउनुभएको छ । उपाध्यक्षका अर्का उम्मेदवार लाल बहादुर महतराले १७६ मत प्राप्त गर्नुभएको छ ।

सचिव पदमा ध्रुव शाही निर्वाचित हुनुभएको छ । शाहीले ४०४ मत प्राप्त गर्नुभएको छ । सचिवका अर्का उम्मेदवार रुद्र शाहीले १६९ मत पाउनुभएको छ  । उपसचिवमा रविन्द्र शर्मा निर्वाचित हुनुभएको छ  । शर्मा २९९ मतसहित उपसचिवमा निर्वाचित बन्नुभएको हो ।

प्रतिक्रिया