भूकम्पबाट सुदूरपश्चिममा ६ जना घाइते
काठमाडौँ - सुदूरपश्चिम प्रदेशको बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण ६ जना घाइते भएका छन् ।
बझाङमा ५ जना र बैतडीमा १ जना घाइते भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी प्रज्वलन महर्जनले बताउनुभयो ।
बझाङमा भूकम्पबाट घाइते भएकाहरू ५ जना बालबालिका हुन् । घाइतेहरूको अवस्था सामान्य छ । बझाङको चैनपुर केन्द्रबिन्दु भएर गएको ६ दशमलव ३ म्याग्निच्युडको भूकम्पका कारण बझाङमा पहिरो खसेको छ । पहिरोका कारण जय पृथ्वीबहादुर राजमार्गको बझाङ खण्ड अवरुद्ध भएको एसएसपी महर्जनले बताउनुभयो । मंगलबार दिउँसो ३ बजेर ६ मिनेटमा भूकम्प गएको थियो ।
प्रतिक्रिया