मौसमी तथा बेमौसमी तरकारि खेतीसम्बन्धि अन्त्रकिया कार्यक्रम सम्पन्न
सुर्खेत- दैलेखको गुराँस गाउँपालिकामा मौसमी तथा बेमौसमी तरकारी खेती सम्बन्धी अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
गुराँस गाउँपालिकाको समन्वय सेभ द चिल्ड्रेन, सोसेक नेपालको साझेदारीमा गुराँस गाउँपालिकामा संचालित ग्रिन जब परियोजना अन्र्तगत उक्त अन्तक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
गुराँस गाउँ पालिका समन्वय सेभ द चिल्ड्रेन र सोसेक नेपाल साझेदारीमा संचालित ग्रिन जव परियोजना अन्त्रगत हरित उद्यमीहरुलाई दुइदिने मौसमी तथा बेमौसमी तरकारि खेतीसम्बन्धि अन्त्रकिया कार्यक्रम सम्पन्न भएको बताइएको छ ।
अन्तक्रिया कार्यक्रममा २२ जना सहभागिको उपस्थितीमा रहेको थियो । कार्यक्रममा प्लाष्टिक घरमा टमाटर काउली बन्दा गोभीको विरुवा रोप्नुका साथै तरकारि बालीमा लाग्ने रोगकीरा जैविक तरिकाले व्यवस्थापन, व्यवसाय सुरुवात जस्ता बिषयमा जानकारि गराइएको सोसेक नेपालका फिल्ड अधिकृत भुपेन्द्र सिजापतिले बताउनुभयो ।
प्रतिक्रिया