परियोजना अभिमुखीकरण तथा परिचय कार्यक्रम
युनिसेफ नेपालको सहकार्य र सोसेक नेपालको सञ्चालित बालिका ससक्तिकरण (गल्र्स म्याटर) परियोजना दैलेखको दुल्लू नगरपालिकामा सुुरु भएको छ । नगरपालिका प्रमुख भरतप्रसाद रिजालको अध्यक्षतामा बिहीवार दुल्लूमा परियोजना अभिमुखीकरण तथा परिचयात्मक कार्यक्रम सम्पन्न भयो ।
उक्त कार्यक्रमको मुख्य उद्देश्य र पालिकाको सहकार्य विषयमा जनप्रतिनिधिहरु, परियोजना कर्मचारी, सरोकारवालासंग परियोजना गतिविधि, त्यसले समाजमा ल्याउने परिवर्तन र बालिकाहरुको क्षमता अभिबृद्धिको विषयमा परियोजना परिचय कार्यक्रममा प्रष्ट्याइएको थियो ।
युनिसेफ नेपालबाट राजेश सरु मगर, सोसेक नेपालका कार्यकारी निर्देशक हीरासिंह थापा, गल्र्स म्याटर परियोजनाका संयोजक शशीकला पाण्डेले परियोजनाले गर्ने मुख्य कामहरु खानेपानी स्वच्छता, संरक्षण, सामाजिक न्याय र पोषण प्रकाश पार्नुभएको थियो ।
प्रतिक्रिया