युवा अभियानमा सिर्जनशीलता थप्न कार्यशाला

युवा अभियानमा सिर्जनशीलता थप्न कार्यशाला

दैलेख - सेभ द चिल्ड्रेनको साझेदारीमा पञ्चकोशी ज्वाला युवा प्रतिष्ठानले दैलेख सञ्चालन गरिरहेको युवा अभियानमा सिर्जनशीलता थप्ने सीपका लागि तीन दिने कार्यशाला बिहीबार सम्पन्न भएको छ । वैकल्पिक सामग्री प्रवद्र्धन (सिफ्ट) परियोजना गतिविधिमा सहभागी ८ जना युवा अभियन्ताहरुको सहभागिता थियो । 

युवाहरु जागरण र सिर्जनशीलताका लागि सञ्चालित वैकल्पिक सामग्री प्रवद्र्धन (सिफ्ट) परियोजनाले लक्ष्य लिएका वातावरण मैत्री सामग्री उपभोगको अभ्यासका लागि नाैलाेपन र आम सर्वसाधारणले अपनाउन सक्ने बनाउने विषयमा कार्यशालामा सिकाइएको छ । 

अभियानहरुलाई मौलिकता र समुदायको अपनत्व बढाउने सीप विषयमा काजी स्टूडियोका सीईओ कृती शाक्य, सहजकर्ता अनन्य पराजुली, सेभ द चिल्ड्रेनका युवा अभियान कार्यक्रमका स्पृहा श्रेष्ठले सहजीकरण गर्नुभएको थियो । 

नेपालमा युवा सक्रियतामा रचनात्मक अभियान सञ्चालन गरिरहेका काठमाण्डौंमा दुई वटा सेन्स नामक युवा समूहले सिमसार संरक्षण, रोटे«ट क्लवले बालबालिकाको पोषण, जनकपुरमा कायापलट युवा संस्थाले प्लाष्टिक रहित सहरका लागि ‘पन्नी से दूर’ र दैलेखमा डोको अभियान सञ्चालन गरिरहेका छन् । 

दैलेखमा पञ्चकोशी ज्वाला युवा प्रतिष्ठानले वातावरण मैत्री स्थानीय सामग्री उत्पादनका लागि डोको अभियान सञ्चालन गरेको छ । कार्यशालापछि दैलेखमा डोको उत्सव, तिहारमा भैली, भित्तामा क्यान्भास उतार्ने र फोहोरमैला व्यवस्थामा नगरबासीको सहभागिता बढाउने चार वटा प्रतिवद्धता लिइएको छ ।  

पञ्चकोशी ज्वाला युवा प्रतिष्ठानले प्रस्ताव मन पराएर सेभ द चिल्ड्रेनले दिएको छोटो समयको सिफ्ट परियोजना  अव तीन महिना पछि अर्थात डिसेम्बरमा सकिने तर आफूहरुले अभियानलाई निरन्तरता दिने प्रतिष्ठानका अध्यक्ष लोकेश गिरीले जानकारी दिनुभयो । 


 

प्रतिक्रिया