युवा देशमै नजुटे अर्थतन्त्र सुधार आउन सक्दैन : भरत

युवा देशमै नजुटे अर्थतन्त्र सुधार आउन सक्दैन : भरत

विप्लव नेतृत्वको नेकपाका स्थायी कमिटी सदस्य ‘भरत सी’ले युवालाई स्वदेशमा राेकेर उत्पादनका काममा जुटाउन नसके देशको अर्थतन्त्र सुधार नआउने बताउनुभएको छ ।

पार्टी जिल्ला कमिटीले दैलेख सदरमुकाममा आयोजना गरेको वर्तमान परिस्थिति र नेपाली विशेषताको समाजवाद विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले भन्नुभयाे युवालाई देशमा राेजगारीका अवसर सिर्जना गर्न जरूरी छ । 

सशस्त्र युद्धपछि शान्ति प्रक्रियामा आएपछि पनि जनजीविका र लक्षित वर्गको पहुँच बढ्न नसकेपछि एकीकृत जनक्रान्तिको उद्घोष गरी संस्थापन माओवादीसंग बिद्रोह गरेको स्थायी कमिटी सदस्य ‘भरत सी’ले भन्नुभयो । लक्ष्य पूरा गर्न समाजवादी सिद्धान्त मिल्लेहरुसंग सहकार्य रहने मार्ग खुला रहेको उहाँले बताउनुभयो । 

त्यसबखत नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य टेकबहादुर खाँणले स्वस्थ प्रतिस्पर्धाबाट मीत्र शक्तिहरुवीच समाजवाद विचारधाराबीच एकताको सम्भावना रहेको धारणा राख्नुभयो ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका कर्णाली प्रदेश सदस्य मयाराम अधिकारीले समाजको यात्रा तय गरेका कम्यूनिष्टहरुकै व्यवहार र कार्यशैलीमा समस्या रहेको औंल्याउनभयो । 

नेपाल मजदूर किसान पार्टीका रत्नबहादुर श्रेष्ठले नेपालका कम्यूनिष्ट पार्टी सत्तामा पुगेको बेला बुजुवा र पूजीबादी व्यवहार देखिएको टिप्पणी गर्नुभयो ।

त्यसबखत पत्रकार विशाल सुनारले रोइदिने र चर्को बोल्नेहरुका कुरा पत्याउने सामाजिक माहोल भएको अवस्था कम्यूनिष्ट पार्टीहरुले समेत पुरातन विश्वासमा चलिरहेको टिप्पणी गर्नुभयो । 

केन्द्रीय कमिटी सदस्य तथा जिल्ला ईन्चार्ज कलम सी अध्यक्षतामा भएकाे कार्यक्रममा कर्णाली व्यूरो ‘विवेक सी’, अनेमसंघ क्रान्तिकारीका केन्द्रीय सदस्य ‘स्वेता सी’, अनेमसंघ क्रान्तिकारीका संयोजक ‘गमता सी’, नेकपाका जिल्ला नेताहरु जिल्ला सेक्रेटरी  ‘प्रकाश सी’, ‘उदय सी’ समेतको उपथिति थियो ।  
 

प्रतिक्रिया