शिक्षा विधेयकलाई पुर्णता दिन वृहत छलफल आवश्यक : सांसद राना

शिक्षा विधेयकलाई पुर्णता दिन वृहत छलफल आवश्यक : सांसद राना

काठमाडौँ –   प्रतिनिधि सभा सदस्य सिता कुमारी रानाले आम नागरिकको चासो अबको शिक्षा गुणस्तरीय र प्रभावकारी बनाउन सकिन्छ भन्नेमा रहेको बताउनुभएको छ । विद्यालय शिक्षा सम्बन्धि कानुनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयक २०८० को सैद्धान्तिक छलफलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

 आम नागरिकको चासो अबको शिक्षा गुणस्तरीय र प्रभावकारी बनाउन सकिन्छ भन्ने नै छ र हाल शिक्षा विधेयकमा धेरै ऐनहरु छुटेको उहाँले बताउनुभयो ।  यो विधेकलाई राम्रो र पुर्णता दिनका लागि सरकारले समयमै वृहत छलफल गर्नुपर्ने बताउनुभयो  ।

अबको यो विधेयकले देशको मुहार फेर्ने कानुन बन्नुपर्छ', उहाँले भन्नुभयो,  'शिक्षकको सरुवा साथै नियुक्त भएको तीन वर्ष पूरा भएपछि मात्र सरुवा हुन पाउने व्यवस्थालाई कम्तीमा एक शैक्षिक सत्र पूरा भएपछि मात्र सरुवा गरिनुपर्ने बनाउनुपर्छ । शिक्षकको बढुवामा आन्तरिक प्रतिसप्रर्धा दुइ वर्ष पुरा भएपछि बढुवा गर्न पाउने व्यवस्था थप भएमा राम्रो र अझ बढुवा सम्बन्धी विशेष व्यवस्था कम्तीमा दश वर्ष सम्म निरन्तर सेवा गरेपछि स्वत: एक श्रेणी बढुवा हुने प्रावधान राख्नुपर्छ ।'

हरेक माथिल्लो तहमा बढुवा हुँदा स्वतः माथिल्लो तहमा बढुवा हुनेगरी बढुवा हुँदा नायब सुब्बाको नियुक्ति लिएजस्तै हुने गरि शिक्षक नियूक्ती लिने तथा पदस्थापना जिल्ला शिक्षा कार्यालयबाट हुनुपर्ने बताउनुभयो ।

हरेक पाँच वर्षमा स्वतः एक विद्यालयबाट अर्को विद्यालयमा सरुवा हुने प्रावधान र प्रधानाध्यापकको हकमा योग्यता र ज्येष्ठताका आधारमा खुल्ला प्रतिसपर्धाबाट हुनेपर्ने  विधेकमा छलफल हुनुपर्ने बताउनुभयो  ।

'देशभर अझै पनि कतिपय ठाउँमा विषयगत शिक्षकको अभाव छ र अन्य विषयका शिक्षहरुले सहजीकरण गर्नुपर्ने अवस्था रहेको छ । गणित अंगे्रजी, विज्ञान कम्यूटर जस्ता विषयहरु पढाउन विद्यालयमा सम्भव देखिदैन । यस कारणले पनि हामीले ल्याएको विधेयकमा अहिलेको आवश्यकताको विधेयकमा धेरै छलफल गर्नुपर्ने  देखिएको छ । अहिले प्रत्येक विद्यालयमा एकजना काउन्सेलिङ गर्ने शिक्षकको पनि आवश्यक देखिएको छ ।' 

प्रतिक्रिया