दश लाख भन्दा कम लगानीका उद्योगहरु स्थानीय तहमै दर्ता

दश लाख भन्दा कम लगानीका उद्योगहरु स्थानीय तहमै दर्ता

दैलेख – अव स्थानीय तहहरुले १० लाख भन्दा कम लगानीका उद्योगहरु दर्ता गर्न पाउने भएका छन् । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखले आइतबार आयोजना गरेको उद्योग प्रवद्र्धन कार्यबक्रममा सरोकारवाला अभिमुखीकरण कार्यक्रम गर्दै सो जानकरी दिइएको हो । 

पालिकाले दर्ता, नवीकरण, नामसारी, ठाउँसारी, हक हस्तान्तरण र खारेजी गर्ने विषयमा कर्णाली प्रदेश सरकारले बनाएको ऐन र नियमावली बारे अभिमुखीकरण गर्दै उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखका कार्यालय प्रमुख कल्पना खत्रीले यसको जानकारी गराउनुभएको हो । 

उद्योग विकास समितिका अध्यक्ष जिसस प्रमुख नमराज शाहीको अध्यक्षतामा भएको कार्यक्रममा नारायण नगरपालिका नगरप्रमुख लोमन शर्मा, दुल्लू नगरपालिका उपमेयर बिना कार्की, ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष रक्षबहादुर शाह समेत उपस्थित हुनुहुन्थ्यो । 

उद्योग प्रवद्र्धन कार्यबक्रममा महाबु गाउँपालिकाका कार्यवाहक अध्यक्ष मञ्जू पाण्डे, भगवतीमाई गाउँपालिकाका उपाध्यक्ष मीना खड्का र नौमूले गाउँपालिकाका उपाध्यक्ष गंगबहादुर शाही लगायतका सरोकारवालाहरुको सहभागिता थियो । 
 

प्रतिक्रिया